चैते छठपुजा घरमै बसि मनाउन ज्योतिष सम्राट पन्डित पुरुषाेतम दुबेको आग्रह ।

बिरगंज , चैत्र १३ गते बिहीबार
Covid 19 को प्रभाव ले पुरा विश्व नै त्रासदीको सामना गर्नु परेको अवस्था छ । हामी ताला बंदी (लकडाउन) मा छौ । सरकारको यो निर्णय सराहनीय छ । हामी र हाम्रा परिवारलाई सुरक्षित राख्न सरकारलाई सहयोग गर्न हामी ले आफ्नै घर भित्र बस्नु उपयोगी छ ।
वर्तमान स्तिथि ज्योतिषी कारण ले पनि मीन राशिको सुर्य २०७७ बैशाख १ गते मेष राशिमा सूर्यको प्रवेश भएपछि कोरोनाको बिशेष प्रभाव समाप्त हुने योग छ किनभने यो अदृश्य वायरस को कारक ग्रहहरु शनि आफ्नो स्वराशि मकर मा, राहु आद्रा नक्षत्रमा र केतु को विषमयोग ले अचानक आएको वायरस प्रभाव एक हप्ता पछि न्यून हुँदै जाने र यो अदृश्य वायरस २०७७ वैसाख १ गते देखी कुनै न कुनै उपचार पद्वति वा औषधिको अविष्कार हुनेसक्ने सम्भवना छ ।
यस विचमा अहिले चैत्र नवरात्रि चलिरहेको बेला मठ मन्दिर मा न गएर आफ्नै घर मा यथाउपयोग्य रूप ले श्रद्धा पुर्वक माँ भगवती संग कामना गरौ ।
अब आजको प्रेस विज्ञप्ति को मूल उदेश्य तराईको महाप्रसिद्ध चैती छठ महापूजा को सम्बन्धमा छ छठपूजा यही चैत्र १५ गते शनिवार नहाखाएके,१६ गते आइतबार रसीवाव रोटी र १७ गते सोमवार सझीया घाट छठगर्ने भक्तजनहरु को हामीलाई सोधि रहेका छन कि लकडाउनमा कसरी पुजा गर्ने समान पनि बजारमा पाउने स्तिथि छैन र छठ घाट मा गई भीड़भाड़ गरेर व्रत गर्ने स्तिथि छैन कसरी गर्ने सम्बन्धमा हामी के भन्न चाहन्छौ की जसरी नवरात्रि गरी राख्नु भएको छ त्यसरी नै घर भित्र छठपूजा गरे ठीक हुन्छ ।
विश्वनै आपातकालमा छ पहिला त जीवन बचाउनु तसर्थ जे घर मा जे सामग्री उपलब्ध हुन्छ वा हुँदैन त्यही श्रद्धा सुमन अनुसारले छठमाता को पुजा गरे देश र विश्वको कल्याण हुन्छ ।
ई लाई समान को आवश्यक छैन वहांहरु अन्तर्यामी हो सबै बुझनु हुन्छ त्यसैले छठको दिन उपवास मात्र गरी घर भित्र नै यो बर्ष सूर्य को दुध वा जल ले अर्घ्य दिए मात्र पुग्छ ।
जरूरी त छैन तैपनी यदि कसैले कुनै पण्डितजीलाई घरमा बोलाउनु हुन्छ भने १ मीटर को दुरी मा बसी सेनटाइज़र प्रयोग गरी संकल्प गरी छठ पुजा गरे नै वेश हुन्छ । यसरी गरेर विश्व को कल्याण हुन्छ भने अझ देवी देवताहरु प्रसन्न भई हामीलाई आशिर्वाद प्रदान गर्नु हुन्छ ।
तसर्थ हाम्रो यहाँहरु संग दुवै हाथ जोडेर निवेदन छ की कुनै पनि कारण ले भीड़भाड़ न गरी दिनु होला । घर बाहिर आफु पनु न निस्कौ न अरुलाई निस्काऊ । सुरक्षित बसौ यही आग्रह छ । धन्यवाद ।
ज्योतिष सम्राट पण्डित पुरुषोतम दुबे
केन्द्रिय उपमहासचिव
नेपाल ज्योतिष परिषद ।






