सामुदायिक अंकपत्रको समिक्षा कार्यक्रम सम्पन्न

सिमरा ५ बारा

सामुदायिक अंकपत्रले प्रहरी, न्यायिक समिति र समुदाय बीचको सम्बन्ध र सहकार्यलाई अझ बलियो बनाउन सहयोग पुगेको एक कार्यक्रममा सहभागीहरुले अनुभव सुनाएका छन् । जितपुरसिमराका उपमेयर सरस्वती चौधरीको अध्यक्षतामा सामुदायिक अंकपत्रको समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

सुरक्षा र न्यायको अवस्था विश्लेषण गर्दै आवश्यक्तामा आधारित कार्यक्रमहरु तर्जुमा गरी प्रहरी र न्यायिक समितिको सेवामा समुदायको पहुँच थप अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले परियोजनाद्धारा सामुदायिक अंकपत्र विधिको प्रयोग गरिएको कुरा परियोजनाका कार्यक्रम अधिकृत निरमा चौधरीले बताउनु भयो ।

कार्यक्रममा सहजीकरण गर्दै ईन्टरनेश्नल अलर्टका महेन्द्र महतोले सामुदायिक अंकपत्र शुशासन र आपसी जवाफदेहिता प्रवद्र्धन गर्ने एउटा विधि रहेको कुरा बताउँदै यसले सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने पाटोहरुको पहिचान गर्दै सेवाग्राही र सेवाप्रदायकको संयुक्त पहलबाट सुधारका कार्यहरु अगाडि बढाउन मद्दत पुग्ने कुरा प्रष्ट पार्नु भयो ।

सहज परियोजना अन्तर्गत १० बटा सूचकहरु तयार गरी सुरक्षा र न्यायको सेवा प्रवाहलाई थप परिस्कृत बनाउन गर्नुपर्ने पाटोहरुको विश्लेषण गरिएको थियो ।

केही सूचकहरु जस्तै की प्रहरीले नागरिक प्रति गर्ने व्यवहार, लैगिंक हिंसाको घटना सम्बोधनको अवस्था, न्यायिक समितिले विवाद समाधान गरेको अवस्था लगायतका सूचकहरु सेवा प्रदायकको कार्यसँग सम्बन्धित रहेका छन् भने केही सूचकहरु जस्तै प्रभावितहरुमा उजुरी गर्ने आत्मविश्वासको स्तर, अनुसन्धानमा समुदायको सहयोग लागयतका सूचकहरु सेवाग्राहीसँग सम्बन्धित रहेका छन् ।

यी सबै सूचकहरुमा सेवाग्राही र सेवाप्रदायक सबै मिली ० देखि १० को बीचमा अंक दिने कार्य भएको थियो । त्यस पश्चात काम अंक आएको सूचकहरुमा सुधार ल्याउनका लागि प्रहरी तथा विद्यार्थी बीच अन्तरक्रिया, कानूनी तालिम, मेलमलिाप सम्बन्धी तालिम, युवाहरुसँग सम्वाद, धार्मिक अगुवासँग सम्वाद लगायत विविध कार्यक्रमहरु सञ्चालन गरिएको कुरा स्थानीय सहजकर्ता विनिता बरालले बताउनु भयो ।

सामुदायिक अंकपत्र ज्यादै सहभागितामूलक विधि रहेको र यसले सेवाप्रदायक तथा सेवाग्राही सबैलाई नजिक ल्याई सुधारका लागि सँगै काम गर्न उत्प्रेरित गरेको अनुभव पूर्व गा.वि.स. अध्यक्ष तथा समाजसेवी भोला अधिकारीले सुनाउनु भयो । यस्तै अनुभव कार्यपालिका सदस्य शोभा कार्कीको पनि रहेको छ ।

छोटो समयमा सहज परियोजनाले सुरक्षा र न्यायको सवालमा सबै सरोकारवालाहरुलाई एकै ठाउँमा संयुक्त पहल गर्न ठूलो भूमिका निर्वाह गरेको विचार उनले राख्नु भयो साथै परियोजनाले गरेको राम्रो पहल अझै परिपक्व भई नसकेकोले स्थानीय सरकार अझ केही बर्ष परियोजनाको साथ चाहेको भन्दै निरन्तरका लागि पनि जोडदार अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा सहकारीकर्मी गिता शर्मा, समाजसेवी हेमराज न्यौपाने, वडा सदस्य रामदास धउजु लगायतले आफ्नो विचार राख्दै सामुदायिक अंकपत्र विधि ज्यादै प्रभावकारी तथा उपयोगी रहेको र यसलाई विभिन्न क्षेत्रमा प्रयोगमा ल्याउन सकिने विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै उपमेयर सरस्वती चौधरीले सहज परियोजनासँगको सहकार्यले स्थानीय सरकारलाई लैगिंक हिंसाको विरुद्धमा आफ्ना पहलहरुलाई थप बलियो बनाउन मद्दत पुगेको बताउनु भयो । उहाँले परियोजनाको स्थानीय कर्मचारीहरु निरमा चौधरी र बिनिता बराल लगायतले गरेको मेहनत र परियोजनाको प्रभावकारिताबाट आफू ज्यादै प्रभावित भएको समेत बताउनु भयो ।

यसै गरी स्थानीय सरकारले परियोजनासँगको थप सहकार्यको खाँचो महशुस गरी रहेको बताउँदै उपमहानगरपालिका पनि आफ्नो तर्फबाट आवश्यक पहल गर्न तयार रहेको प्रतविद्धता व्यक्त गर्नु भयो ।

युकेएडको सहयोग तथा भिएसओ नेपाल र ईन्टरनेश्नल अलर्टसँगको साझेदारीमा समग्र जनउत्थान केन्द्रले सञ्चालन गर्दै आएको सहज परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button