विपन्नका घरदैलोमै राहत: कलैया सिटि जेसिसद्वारा ‘चुल्हो बाल्ने अभियान’

बारा, २८ जेठ

कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुरु भएको आज दशौं दिन राहत वितरण भएको छ । विश्वमा कोभिड-१९ को महामारिले सम्पुर्ण समाज नै अक्रान्त भएको विषम परिस्थितीमा दैनिक रूपमा ज्यालादारी गरीखाने मान्छेहरुलाई घरमा चुल्हो बलेको छैन भने उहाँहरुको घरमा चुल्हो बलोस भनेर राहत स्वरुप खाधन्या समाग्री वितरण गरिएको हो ।

उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिका  भित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरीब, असहाय घरपरिवारलाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तान्तरण गरिएको छ।

कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. ११ घोघरडिया, वडा नं. १ मोतिबाग र रामपुर गाउँमा गरी ४५जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २ केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो।

उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी अनिल कुश्वाहा, शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, महासचिव जेसी पवन कुश्वाहा, पुर्व अधयक्ष जेसी धनीलाल सर्राफ त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता, गणेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।