भ्रष्ट अधिकृत ओझा र लेखा प्रमुख कुशवाहाको मिलोमतोमा भ्रष्टाचार कार्य बढदै

वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले लाखौं लाख भ्रष्टाचार गरेको स्थानियहरुले गुनासो गरेका छन् । भ्रष्टाचार गर्नमा माहिर मानिएका अधिकृत ओझाले नियम कानुन बिपरित आर्थिक वर्ष २०७८/०७९ मा विद्यालय पूर्वाधार निर्माणमा सम्बन्धित कागजात तथा कार्य सम्पन्न भएको प्रतिवेदन बिना नै कमिशनको सेटिङ्गमा ५४ लाख रुपैया हिनामिना गर्न गराउदां मलेपको कार्यालयले बेरुजु कायम गरेको छ ।
मलेपको प्रतिवेदनको क्रम सं. ३६ मा विद्यालय भौतिक पूर्वाधार निर्माण ः शिक्षा तथा मानव श्रोत विकास केन्द्रले प्रकाशन गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/०७९ को क्रियाकलाप नं. ११.१.२.१ मा प्रत्येक स्थानीय तहले विद्यालय भौतिक पूर्वाधार कार्यक्रमहरु कार्यान्वयन गर्दा सम्पूर्ण निर्माण कार्य नेपाल राष्ट्रिय भवन संहिता, २०६० अनुसार गर्नु गराउनु पर्ने, स्थानीय तह अन्तर्गगका विद्यालयमा हुने भौतिक निर्माणका कार्यहरु स्थानीय तहले आफ्नो प्राविधिक मार्फत सुपरीवेक्षण गराउने र कार्यसम्पादन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ ।
साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्धारा मिति २०७९/१/५ च.नं. ६०१ को निर्देशनको बुँदा नं. २ अनुसार प्राप्त कार्यक्रम अनुरुप तोकिएको डिजाईन ड्रइङ तथा लागत अनुमान अनुसार २.४ कोठे भवन निर्माण गर्नुपर्ने व्यवस्था छ । उक्त कार्यक्रमका लागि देहायका विद्यालयलाई रु. ५४ लाख निकासा भएको छ । तर विद्यालय निर्माण सँग सम्बन्धित कागजात सम्बन्धित विद्यालयहरुले पालिकामा पेश गरेका छैनन् । तसर्थ निर्माण सँग सम्बन्धित कागजात तथा कार्य सम्पन्न भएको प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।
विश्रामपुर गाउँपालिकाका तत्कालिन अधिकृत ओझाले निर्माण सँग सम्बन्धित कागजात तथा कार्य सम्पन्न भएको प्रतिवेदन पेश नै नगरी गो. भौं. नं.१५ मिति २०७९/२/३१ गते श्री नेपाल राष्ट्रिय मा.वि. मुसहर्वालाई ३६ लाख र गो. भौं. नं. २३ मिति २०७९/२/२४ गते श्री नेपाल राष्ट्रिय मा.वि. बलिरामपुरलार्ई १८ लाख गरी कमिशनकै लागि ५४ लाख भुक्तानी गरी भ्रष्टाचार गरेको स्थानियहरुको आरोपलाई मलेपको प्रतिवेदनले पनि पुष्टि गरेको देखिन्छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ । विश्रामपुरमा भ्रष्ट अधिकृत ओझाले कार्यरत्त रहंदा अनियमित्ता गरेकै कारण त्यहाँका केही जनप्रतिनिधि र स्थानियवासीहरुको व्यापक अवहेलना खेपेकै कारण सरुवा गराएर भागेको ईटियाहीका जितेन्द्र ठाकुरको भनाई रहेको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका तत्कालिन भ्रष्ट अधिकृत राकेश ओझा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा आएको करिब ४ महिनाको अवधिमा लेखा प्रमुख मिथिलेश कुशवाहाको मिलोमतोमा भ्रष्टाचारको जालो बुन्दै ताण्डव मच्चाउन थालेको आरोप स्थानियवासीहरुको रहेको छ ।
लेखा प्रमुख कुशवाहा सो गाउँपालिकामा बर्षौ देखि अडा जमाएर बसेका कारण सो गाउँपालिकाको भ्रष्टाचार सन्दर्भमा कुशवाहालाई सुक्ष्म जानकारी रहेकोले उनी र अधिकृत ओझाको मिलोमतोमा अनियमित्ता भईरहेको समाचार स्रोतले जनाएको छ ।
भ्रष्ट अधिकृत ओझा र लेखा प्रमुख कुशवाहाले लाखौ लाख भ्रष्टाचार गरि “दिन दुगुना रात चौगुना” मोटाउँदै आए पनि नियमनकारी निकाय मौन रहेकोले स्थानियहरु आश्चर्यमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।