अमेरिकी दबाब हैन, एमसीसी हामीले नै मागेको हो- प्रकाशशरण महत

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहायता परियोजना एमसीसी नेपालले मागेर आएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो दिनको बैठकपछि सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीको कार्यसम्पादन समिति बैठकमा एमसीसीबारे पनि विभिन्न धारणा प्रस्तुत भएका छन्। एमसीसीबारे हाम्रो पार्टीमा सहमति छु, उनले भने, ुअब कांग्रेसले सबै दललाई एमसीसी पास गराउन सहभागी गराउने प्रयास गरिरहेको छ।’

उनले नेपालले यो परियोजना अघि बढाउन अमेरिकासमक्ष प्रस्ताव गरेको पनि बताए। ‘हामीले नै एमसीसी अन्तर्गतको परियोजना अघि बढाउन प्रस्तुत गरेको विषय हो, यो हाम्रै प्राथमिकता होु, उनले भने, ुहामीले प्रस्ताव गरेकैले अमेरिका अघि बढाउन तयार भएको हो।’

महतले एमसीसीबारे अमेरिकी मन्त्रीले फोन गरेर अनुरोध मात्रै गरेको पुनस् दोहोर्‍याए। ‘अमेरिकाले दबाब दिएको छैन। यसलाई दबाब भन्न मिल्दैन’, उनले भने, ‘एमसीसी अघि बढाउन डा। बाबुराम, केपी ओली, खिलराज रेग्मी, झलनाथ खनालदेखि प्रचण्डको पनि सहभागिता छ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।