अमेरिकी नियामकले लगायो पाकिस्तानको नेशनल बैंकलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना

इस्लामावाद – अमेरिकी नियामक निकायले नेशनल बैंक अफ पाकिस्तान एनबीपीलाई जरिवाना गरेको छ। अमेरिकी नियामकहरूसँग यसको न्यूयोर्क शाखामा लगाइएको ५५ मिलियन अमेरिकी डलर जरिवाना तिर्ने सम्झौतामा भएको छ। जसले यसको शेयरमा 7% भन्दा बढी गिरावट ल्यायो।
फेडरल रिजर्भ बोर्ड र फेडरल रिजर्भ बैंक अफ न्यूयोर्क, र न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजले बिहीबार बैंकिङ कानुनको उल्लंघ गरेको भन्दै ५५.४ मिलियन सम्म जरिवाना गराइएको हो। शुक्रबार पाकिस्तान स्टक एक्सचेन्जलाई सूचना दिँदै एनबीपीले अमेरिकी नियामकहरूसँग सम्झौता गरेको बताएको छ।
‘सम्झौतामा ऐतिहासिक अनुपालन कार्यक्रम कमजोरी र अनुपालन-सम्बन्धित सुधारहरू गर्न ढिलाइ गरेको कुरा उल्लेख छ,’ सूचनामा भनिएको छ।
पाकिस्तानी बैंकमा जरिवाना लगाइएपछि बैंकको शेयर कारोबारमा ७.२ प्रतिशतले गिरवाट आएको हो। बैंकले अनुचित लेनदेन वा जानाजानी दुराचारको कुनै फेला नपरेको, न्यूयोर्क शाखा मे २०२० देखि नयाँ व्यवस्थापनमा रहेको र एनबीपीले आफ्नो अनुपालन कार्यक्रमलाई पर्याप्त रूपमा बढाएको छ, जसलाई अमेरिकी नियामकहरूले मान्यता दिएको बताएको छ।






