भारतले गर्‍यो युक्रेनबाट बंगलादेशी र नेपाली नागरिकको उद्धार, शेख हसिनाले मोदीलाई दिइन् धन्यवाद

काठमाडौं । भारतले युद्धरत युक्रेनबाट बंगलादेशी र नेपाली नागरिकको उद्धार गरेको छ ।

अपरेशन गगां अन्तर्गत भारतले युक्रेनबाट ९ बंगलादेशीसहित नेपाल र ट्युनिसियाका विद्यार्थीको समेत उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले ‘अपरेशन गंगा’ अन्तर्गत युक्रेनबाट ९ बंगलादेशी नागरिकलाई बचाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।

आपतमा मानवीय सहयोग गरेको भन्दै हसिनाले धन्यवाद दिएकी हुन् । एसीपी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।