युक्रेन बाट नेपालीको उद्दारमा सक्रिय एनआरएन , भारतिय विमान उपयोगी

काठमाण्डौ । रुस युक्रेन द्व न्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धार भएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हाल सम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका हुन् । रुस युक्रेन द्व न्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले यु द्धमा नेपालीहरूको ज्या न सुरक्षित रहेको बताएका हुन् ।

उनले उद्धारको कार्य सम्पन्न भए पछि उनीहरूको पुनर्स्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए । यु द्ध सुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्या न बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । पछिल्लो तथ्याङ्क अनुसार हाल सम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् । हाल सम्म ५ सय ८४ जना नेपालीहरू सुरक्षित गन्तव्यमा पुगेका छन् ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनको यु द्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठुलो सहयोग गरेका कारणले नेपालीहरूको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए । उनले नेपालीहरूको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसँग काम गर्न इच्छुक रहेको बताउँदै गैरआवासीय नेपाली संघको सन्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तर्राष्ट्रिय समुदायले राखेको बताए । उनले एनआरएनए सञ्जाल सक्रिय भएकै कारणले गर्दा यति छिटो उद्धार सम्भव भएको बताए ।

राजदूत खड्का अनुसार ३ जना नेपालीहरूलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ डिल्ली हुँदै नेपाल जाने तयारीमा छन् । युक्रेनबाट निस्केका मध्ये ४०जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । करिब ३८ जनाको परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।