भारतको उत्तर प्रदेश जोड्ने मैनहिया-सम्पत्तिया प्रसारण लाइन निर्माण ६० प्रतिशत सकियो

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताए ।‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ’, घिसिङले भने, ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत व्यापार थप सहज र विस्तार हुने छ ।’

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार ९श्रीरामपुर० सम्म निर्माण गरिने छ ।

भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुईवटा बे र ३÷४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताए । उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको पाण्डेले उल्लेख गरे ।

बुटवल(लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी ९बुटवल०बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ । १० किलोमिटर तार टांगिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ । मैनहिया सबस्टेसनमा राखिने १३२÷३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा छ । प्रसारण लाइन र सबस्टेसन २ महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।