मधेशका जनतालाई उपेन्द्र यादवले धोका दिएको हो , पुनः आन्दोलन गर्नु पर्ने – महन्त ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । मधेसका मुद्दा नामको मात्र सम्बोधन भएको हो । जब मधेशको मुद्दा र समाधान हुदैन तब जनतालाइ अधिकारी प्राप्त हुदैन । मधेशको मुद्दा लाई सधै बर्गेनिङको कुर्सी सम्म पुगाएका उपेन्द्र यादवले मधेशी जनतालाई धोखा मात्र दिएका छ । उनी जहिले पनि मन्त्री पदमा बनी रहने अनि मधेशको मुद्दा लाई अन्योलमा परेका हुन ।
बिहीबार पर्साको वीरगञ्जमा चुनाव लक्षित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै महन्थले मधेस आन्दोलनमा पीडित भएकाको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको बताउनुभयो ।
अहिले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको बताउनुभयो । मधेशका मुद्दा उठाउने थुप्रै जना सहिद भए तर अधिकार्बाट बन्चित छ्न । अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दा लगाइएका नेता अहिले पनि अदालतको तारिखमा, थुनामा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिनुभयो ।
लोसपाका अर्का नेता राजेन्द्र महतोले अगामी दिनमा कुनै पनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताउनुभयो । उहाँले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिनुभयो । नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाउनुभयो । उपेन्द्र यादव जहिले कुर्सीका लागी मधेशलाई धोका दिदै आएका छ्न । यादव यहाँ सम्म तराईमा बिदेशी शक्तिको ईसारामा जनतालाई बेच्दै छ्न ।
नेता महतोले मधेसमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन लोसपा लडिरहेको बताउनुभयो ।






