गठबन्धनले पार्टीलाई समाप्त पार्ने खेल भयो

वीरगञ्ज ८ बैशाख
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्सा र नेकपा एमाले पार्टी पर्सा विच भएको वीरगञ्ज महानगरपालिका को चुनाबी गठबन्धन वीरगञ्ज को होटल भिस्वा मा आयोजित पत्रकार सम्मेलन गरी नेकपा एमाले र जनता समाजवादी पार्टी विच भएको गठबन्धन प्रति आपत्ति जनाएका छन्।
पार्टी को जिल्ला कार्यसमितिको बैठक नै नबसी भएको गठबन्धन प्रति विरोध जनाएका छन्। पार्टी का केही नेता कार्यकर्ताहरु जिल्ला का कार्यकर्ताहरु लाई केही नबुझि आफैं तरिका ले पार्टी चलाउन र कुनै पनि किसिमको कार्यकर्ताहरु संग सल्लाह सुझाव नलिई गठबन्धन गरेको प्रति पार्टी का नेता हरु भनाई छ।
यो गठबन्धन पार्टीको हित का लागि होईन यो केही व्यक्तको व्यक्तिगत स्वार्थ पुरा गर्न को लाई गरिएको छ। गठबन्धन का कारण यो जिल्लामा लोसपालाई समाप्त पार्ने खेल भएको हुँदा यस्तो गठबन्धन को कुनै औचित्य नभएको जानकारी गराउदै आउने दिनमा पार्टी लाई सबल र मजबुत बनाउने र आउँदो बैसाख ३० गते को चुनाव हामी एक्लै लडने तयार रहेको। ३ जना जिल्ला उपाध्यक्ष राजेश कुमार साह, कृष्ण पटेल, देवानन्द यादव ले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरेका छन्।






