कछुवा सहित ४५ वर्षीय टेमानी पक्राउ

वीरगञ्ज ३० जेष्ठ

छिमेकी देश भारतबाट नेपाल तर्फ ल्याउदै गरेको वन्यपशुपन्क्षी कछुवा सहित प्रहरीले बाराका एकजनालाई वीरगंजमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ बर्षीय आनन्दलाल टेमानी रहेका छन ।

उनलाई सोमबार बिहान साढे ९ बजेको समयमा वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वागाउँको बाटो हुदै भारत बाट अबैद्ध रुपले नेपालमा ल्याउदै गरेको बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाच गर्दा वन्यपशुपन्क्षी कछुवा ११३ वटा सहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराएको छ।

कछुवा सहित पक्राउ परेका टेमानिलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गर्नको लागी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।