वीरगञ्ज महावाणिज्य दूतावासद्वारा दुईवटा एम्बुलेन्स हस्तान्तरण

वीरगञ्ज २१ असार

भारतीय महावाणिज्य दूतावासले दुईवटा सामाजिक संस्था लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।भारतीय दूतावासले आइतबार नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस हस्तान्तरण गरेको थियो ।

सोही एम्बुलेन्स मध्ये बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासले एउटा एम्बुलेन्स बीरगंज स्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा अर्को एम्बुलेन्स जनकपुरको ग्रामीण विकास संस्थालाई उपहार स्वरूप प्रदान गरेको हो ।आज एक कार्यक्रमका बीच महावाणिज्यदूत नितेश कुमार ले दुबै संस्था का प्रतिनिधिहरु लाई एम्बुलेन्स को साचोँ हस्तान्तरण गर्नु भएको हो ।

बीरगंज स्थित भारत को महावाणिज्य दूतावास विकास साझेदारी कार्यक्रम अन्तर्गत नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत महावाणिज्यदूत नितेश कुमार ले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।