अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेरमा पार्टी निर्णय विपरित काम गरेको आरोप लगाउँदै यादवले राजीनामा दिने

जनता समाजवादी पार्टी नेपालले सरकारबाट फिर्ता बोलाएपछि कार्यकारिणी सदस्य रेणु यादवले पार्टी छोड्ने योजना बनाएकी छिन् । भौतिक तथा पूर्वाधार मन्त्री रहेकी यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएर पार्टी छोड्न लागेकी हुन।

अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेरमा पार्टी निर्णय विपरित काम गरेको आरोप लगाउँदै यादवले राजीनामा दिने मनस्थिति वनाएको उनी निकट नेताहरूले बताए। यादवले आफ्ना निकटका नेता/कार्यकर्तासँग राजेन्द्र श्रेष्ठलाई यथावत राखेर अरु मन्त्री फिर्ता वोलाएको र महिलालाई फिर्ता वोलाएपछि महिलालाई पठाउने सामान्य नैतिक्ता समेत नदेखाएको वताएकी छिन् ।

आफुलाई मन्त्रीबाट हटाएमोमा भन्दा पनि तीन जनालाई फिर्ता वोलाउने अनि एक जनालाई निरन्तरता दिने निर्णमा यादवको असन्तुष्टि रहेको नेताहरुको भनाइ छ । कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चारजनालाई पठाउने निर्णय भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय विपरीत सो कार्य गरेको यादवको गुनासो छ ।

‘पार्टीमा अरू पनि सांसद छन्, महिलाहरू छन् । उनीहरूमध्ये पनि केही एक जनालाई मन्त्री बनाए हुन्थ्यो । श्रेष्ठ नै मन्त्रीमा किन दोहोरिनुपर्यो ?,’ यादवको प्रश्न छ । एकजना महिलालाई हटाएर अर्को महिला पठाउनु पर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ छ ।

नेतृत्वप्रति असन्तुष्टि जनाएकी उनले आफु निकटका नेताहरुको छलफलबाट आउने निष्कर्षबाट आगामी कदम चाल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।