तथ्यहिन समाचारले मेरो चरित्र हत्या भयो : अधिकृत रौनियार

वीरगञ्ज १७ साउन

पर्साको बिन्दबासिनी गाउँपालिकामा भ्रष्टचार नभएको पूर्व जनप्रतिनिधिहरुले ठोकुवा गरेका छन् । पछिलो कार्यकालमा अधिकृत मुना रौनियारको पालामा भ्रष्टचार भएको समाचार आए पछि आफूहरुको ध्यान गएको भन्दै पूर्व जनप्रतिनिधिहरुले भ्रष्टचार नभएको बताएका छन् । उहाँको पालामा कहीं कतै पनि भ्रष्टचार नभएको दाबी गरेका छन् ।

अधिकृत रौनियारले गाउँपालिकामा उल्लेखनीय र सराहनिय कामकाज गरेका छन् भने पूर्व जनप्रतिनधिहरु बताउँछन् ।

सत्य र तथ्यबिनाको मनगढन्ते समाचारले आफ्नो चरित्र हत्या गर्न खोजीएको प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियारले दुखेसो पोखेका छन् ।

एता गाउँपालिकाले देखाएको तथ्याङ्क अनुसार इन्धनमा ३१ रकम विनियोजन गरेकोमा ३० लाख २४ हजार १ सय ४ रुपैया मात्र खर्च गरेको छ । नेपाल सरकारको मापदण्ड अनुसार नै इन्धनमा रकम खर्च भएको गाउँपालिकाले देखाएको तथ्याङ्कमा उल्लेख छ ।

केही दिन अगाडि केही अनलाइन र पत्रिकाले आफू खुसी इन्धनमा भ्रष्टचार गरेको अथवा इन्धनमा ५० लाख रकम खर्च गरेको देखाए पछि आफ्नो ध्यान गएको अधिकृत रौनियार बताउँछन् ।

प्रमुख प्रशासकिय अधिकृत रौनियारले आफुले नगरेको कामलाई नै लिएर हचुवाको भरमा समाचार लेखी केही अनलाईन र पत्रिकाले आफ्नो चरित्र हत्या गरेको प्रतिक्रिया दिएका छन् ।

मैले बिन्दबासिनी हुँदा कहीं कतै १ रुपैयाँको भ्रष्टचार नगरेको जिकिर गरे साथै गाउँपालिकाले सार्वजनिक काम चलाएको जेसिवि बापत भाडा नआउने र विकासको काममा चलाए बापत पनि भाडा नआउने गरेकोले जेसिविमा इन्धन खर्च बढी भएको बताए साथै गाउँपालिका अन्तर्गतका बिरामीका लागि एम्बुलेन्स मात्र न्यूनतम खर्चमा बिरामी ओसार पोसार गर्ने भएकोले एम्बुलेन्समा पनि बढी इन्धन खर्च भएको बताए ।

एम्बुलेन्स र जेसिबिको भाडाबाट जेसिबि र एम्बुलेन्स मर्मत खर्च पनि नपुग्ने भएकोले इन्धन कहाँबाट पुर्याउने भने उहाँले बताए । साथै गाउँपालिका अन्तरगतका ७० जना कर्मचारी लगायत गाउँपालिकाका प्रमुख , उपप्रमुख लगायत वडा अध्यक्षहरुको पनि इन्धन दिनु पर्ने हो यसमा पनि इन्धन खर्च भएको बताए ।

गाउँपालिकामा भएको इन्धन खर्च मध्ये बढी इन्धन खर्च जेसिबी र एम्बुलेन्समा भएको हो । पत्रकारिता जस्तो मर्यादित पेशालाई तथ्य र प्रमाण बिनाको समाचारले अमर्यादित नबनाउन आग्रह गर्दै गल्ती गरेको भए तथ्य र प्रमाणसहित लेख्न पनि उनले अनुरोध गरेका छन् ।

उहाँले बिन्दबासिनी हुँदा गाउँपालिका अन्तर्गत पर्ने ढोगही खोला भु माफियाले कब्जा गर्ने खोज्दा अहोराती खटि १ महिना पछि खोला खोल्न लगाएका थिए । गाउँपालिका अन्तर्गत भएको अपाङ्गहरुको घर घरमा गई अपाङ्ग परिचय पत्र बनाई वितरण गरेका थिए । साथै गाउँ गाउँमा गई जनताको समस्या बुझी समधानका लागि पहल गर्ने गरेका थिए भने स्थानियहरु बताउँछन् ।

गाउँपालिका अन्तर्गत पर्ने गर्दौलमा नयाँ बाटो गाउँपालिकाको जेसीबिबाट नै बनेको हो त्यसमा पनि बढी इन्धन खर्च भएको पूर्व वडा अध्यक्षहरु बताउँछन् ।

साथै उहाँले गाउँपालिकामा कहीं कतै भ्रष्टचार नगरेको र गाउँपालिकालाई विकसित गाउँपालिका बनाउन पहल गरी विकासको गति बढाई विकास गरेको स्थानीयहरु बताउँछन् ।

एता बिन्दबासिनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष किरण देवीले पनि अधिकृत रौनियारले लाखौं भ्रष्टाचार गरेको समाचार विश्वसनीय नभएको जिकिर गरीन् । उनले भनिन्, “मेरो कार्यकालमा कहीं कतै भ्रष्टचार नभएको र अधिकृत रौनियारले पनि भ्रष्टचार गर्ने नदिएको बताइन् । मैले उहाँको स्वभावलाई पनि चिनेकी छु, उहाँले लाखौं लाख भ्रष्टाचार गरेको कुरा निराधार हो भने बताइन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।