चीनमा काेराेनापछि अर्को नयाँ भाइरस भेटिएको छ

काठमाडौं । चीनमा काेराेनापछि अर्को नयाँ भाइरस भेटिएको छ ।

चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

संक्रमित ३५ जना जनामध्ये २६ जनामा ज्वरो आउने, थकाइ लाग्ने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने र बान्ता हुने जस्ता लक्षण देखिएको छ ।

जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा सर्ने नसर्नेबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।