भारत आजाद भएको ७५ औं वर्षगा“ठको अवसरमा नेपाल–भारत सीमानाका जमुनाहाको दशगजामा एक कार्यक्रम गरी भब्य रुपमा तिरंगा दिवस मनाईयो

नेपालगन्ज, २८ सावन – भारत आजाद भएको ७५ औं वर्षगा“ठको अवसरमा नेपाल–भारत सीमानाका जमुनाहाको दशगजामा एक कार्यक्रम गरी भब्य रुपमा तिरंगा दिवस मनाईएको छ ।
सीमान्चल पत्रकार एसोसिएसन उत्तर प्रदेश शाखा तथा नेपालबाट मधेश मिडिया मिसिनको सहकार्यमा सीमान्चल पत्रकार एसोसिएनको ब्यानर तल तिरंगा दिवस मनाईएको छ ।
सीमान्चल पत्रकार एसोसिएसन उत्तर प्रदेश शाखाका प्रदेश अध्यक्ष एसके मधेसियाको अगुवाई तथा सीमान्चल पत्रकार एसोसिएसनका बहराईच जिल्ला अध्यक्ष अखिलेश शर्माको प्रमुख आतिथ्यतामा उक्त तिरंगा दिवस मनाईएको थियो ।
उक्त अवसरमा सीमान्चल पत्रकार एसोसिएसनका रामजी सोनी, आर के बर्मा, जमिल अहमद, जुनेद अहमद, रुद्र प्रताप मिश्र, राघवेन्द्रनाथ शर्मा, अशोक पाठक, राज त्रिपाठी, नइम अहमद, बृजनरेश श्रीवास्तव (संरक्षक)लगायतको सहभागिता रहेको थियो ।

यसैगरी नेपालबाट मधेश मिडिया मिसन बा“के शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, सल्लाहकार अजयकुमार गुप्ता, सदस्यहरु समिर अली, शुभम शर्मा, पंकज मिश्रा, अमन हुसेन, सकिल अहमद राई, उमेशनाथ मिश्रा, रोहित मिश्रालगायतको सहभागिता रहेको थियो ।

दशगजामा निकालिएको तिरंगा र्यालीलाई सीमानाका दशजगाबाट शुरु गरी रुपैडियाको चोकबाट पुनः सोही स्थानमा कोणसभा गरी समापन गरिएको थियो । उक्त अवसरमा सीमान्चल पत्रकार एसोसिएसनका पदाधिकारीहरुले मधेश मिडिया मिसन बा“केका अध्यक्षलगायतलाई गम्छा ओढाई सम्मान गरेका थिए ।






