अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा

अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ ।

तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् ।

द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री मुत्ताकीले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको स्वीकार गरेका हुन् । यद्यपि उनले हाल आफ्नो समूह मजबुत भइसकेको एवम् इस्लामिक स्टेटविरुद्ध लड्न सक्षम रहेको समेत दाबी गरेका छन् ।

उनले गत वर्ष आफ्ना लडाकुले मुलुकको जवजवान प्रान्तमा इस्लामिक स्टेटका केही लडाकुलाई घेराबन्दीमा पारेको भएपनि पूर्ववर्ती सरकारले उनीहरुलाई राजधानी काबुलतर्फ लगेको समेत दाबी गरे ।

यसअघि अमेरिकी अधिकारीले तालिबानले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरेका कारण उक्त समूह अफगानिस्तानमा मजबुत बन्दै गएको जनाएका थिए ।

पछिल्लो समय इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी विभिन्न घातक हमलाहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।