सुन चोर्ने दुई पाकिस्तानी नागरिक पक्राउ

हङकङ प्रहरीले सुन चोरी गर्ने दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। साथै प्रहरीले उनीहरुबाट झण्डै १० लाख हङकङ डलर बराबरको सबै गहना बरामद गरेको जनाइएको छ।

प्रहरीले ताई फुक ज्वेलरी पसल लुटपाट गर्ने दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेर सबै सुनका गहना काम टिनस्थित विङ लुङ वाई जङ्गलबाट बरामद गरेको जनाएको छ।

सुनका गहना लुटेर फरार हुँदा एक जनाको मोबाइल फोन खसेको थियो। त्यही मोबाइल फोनबाट उनीहरुलाई पक्राउ गर्न सजिलो भएको बताइएको छ। प्रहरीले मोबाइलबाट छाडेको सुरागका आधारमा गए राति दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका ३३ र ३४ वर्षका दुई पाकिस्तानी बेरोजगार भएको बताइएको छ। तिनीहरूमध्ये ३३ वर्षीय पाकिस्तानी पसलमा गएर सुन लुटपाट गर्नेमा संलग्न थिए।

घटनापछि प्रहरीले योङ लुङ वाईको जङ्गलमा सुनको पेन्डेन्ट, ४८ वटा सुनको ड्रागन र फीनिक्स र २५ थान सुनको हारसहित सबै सुनका गहना बरामद गरेको छ। लुटपाट गरिएको गहनाको बजार मूल्य झण्डै १० लाख हङकङ डलरको रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।