निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुर्नजन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप

निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुर्नजन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको छ ।
केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले विज्ञप्ति जारी गर्दै दलाई लामाको पुर्नजन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको हो ।
सीटीएले सार्वजनिक गरेको विज्ञप्तिमा सन् २००७ यता तिब्बती बौद्ध धर्ममा पुर्नजन्मबारे नयाँ नीति अघि सारेर चीनले दलाई लामाको पुर्नजन्मलाई आफ्नो राजनीतिक स्वार्थसँग जोडेको आरोप लगाएको छ ।
यस्तै, सीटीएले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले तिब्बती बौद्ध धर्ममा पुर्नजन्म प्रक्रियाबारे भ्रामक प्रचार गरेको समेत आरोप लगाएको छ ।
‘लामा÷टुल्कुहरुको पुर्नजन्म तिब्बती बौद्ध परम्पराको मौलिक पद्धती हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि विगत र भविष्यको जीवनप्रति विश्वास रहेको हुनु जरुरी छ ।’
यसबाहेक सीटीएले आफ्नो पुर्नजन्म र उत्तराधिकारीबारे दलाई लामाको व्यक्तिगत निर्णय नै सर्वोपरी हुने समेत जनाएको छ ।






