झापा–३ मा कृष्ण सिटौला कि राजेन्द्र लिङ्देन ?

झापा ।
मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ । यो संगै चुनावी माहोल तातेको छ ।
झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभातर्फ ओमप्रसाद खरेल– सचेत नेपाली पार्टी, कृष्णगोपाल छुस्यावाग– नेमकिपा, कृष्णप्रसाद सिटौला–नेकां, गजेन्द्र लिम्बू – राजपा, चुडामणि अधिकारी– मौजपा, डम्बरबहादुर गिरी –स्वतन्त्र, डम्बरबहादुर लिम्बू –संलोराम, देवीरमण भट्टराई –राप्रपा नेपाल, देवेन्द्रकिशोर ढुंगाना –लोसपाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रकाश पाठक– स्वतन्त्र पार्टी नेपाल, प्रेमप्रसाद खनाल– स्वतन्त्र, भक्तिप्रसाद पनेरु –नेकां वीपी, भोटलाल राजवंशी –जनमत पार्टी, मनोरथ राजवंशी –स्वतन्त्र, नगेन्द्रप्रसाद खनाल–हाम्रो पार्टी नेपाल, राजेन्द्र लिङ्देन राप्रपा, वीरबहादुर राई –जसपा र श्यामबहादुर लिम्बू मंगोल नेशनल पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ ३ को १ मा अनुप राय –नेकां वीपी, अमरबहादुर लिम्बू –संलोराम, जमानुदिन मिया –स्वतन्त्र, देवकुमार चौधरी –जनमत, भूमिप्रसाद राजवंशी– नेकां, मदनहाङ तावा– मंगोल नेशनल, वसन्त बानिया –एमाले, हिमलाल भट्टराई– स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा तर्फकै ३ को २ मा छविलाल चुडाल–एमाले, थिरबहादुर खवास–संलोराम, धु्रवकुमार श्रेष्ठ–जसपा, नवराज खरेल–नेकपा माक्सवादी, पूर्णप्रसाद राजवंशी–माओवादी केन्द्र, प्रदीपकुमार राजवंशी –जनमत, वैजनाथ गणेश–लोसपा, मानवप्रकाश संग्रौला–हाम्रो नेपाल, यामकुमार श्रेष्ठ–मंगोल नेशनल, सेकेन्द्र राजवंशी–राजपा र त्रिलोचन मैनाली –स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।





