काम बिगार्ने र बढी समय लगाउने चिनियाँ कम्पनीलाई अन्तिम चेतावनी

काठमाडौँ। नेपालमा विभिन्न आयोजनामा काम गरिरहेका चिनियाँ कम्पनीहरूले काममा ठगी गर्ने गरेका छन्। उनीहरूले नेपालमा रहेर काममा बढी समय लगाएर लागत बढाउने र काम अधुरो गरेर छोड्ने गरेका छन्। चिनियाँ कम्पनीहरूको यस्तो रवैयाका कारण नेपाल सरकार आक्रोशित बनेको छ। यति मात्र नभएर चिनियाँ कम्पनीका काम गर्न आएका मजदुरहरूले विभिन्न आपराधिक गतिविधिहरूमा पनि संलग्न हुने गरेका छन्।

पछिल्लो समय ढिलो काम गरेको र सही रूपमा काम नगरेको भन्दै नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ।

नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ।

१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो। करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो।

तर, निरन्तर म्याद थप गर्दा पनि कार्यशैलीमा सुधार नगरेको सडक विभागले जनाएको छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कार्य सुधारको लागि यो अन्तिम मौका भएका बताए।

‘धेरै पटक ताकेता गरिएको छ, अहिले सर्वसाधारणले धेरै दुःख पाएका छन्। दसैँलाई लक्षित गरेर काम गर्न पनि भनियो केही सुधार देखिएको छैन’, उनले भने ‘अब अन्तिम मौका हो।

मेसिन र जनशक्ति बढाएर छिटो काम सक्नेतर्फ केन्द्रित नभए ठेक्का तोड्नुपर्ने हुन्छ।’ सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।