बेलायती प्रधानमन्त्री सुनकले जेलेन्स्कीलाई सघाउने

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्।वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवं समर्थन रहेको बताएका हुन्।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सधैँ युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका थिए।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवं अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

‘रुसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएकोे तथा निरंकुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,’ युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोस्टमा आज प्रकाशित समाचारमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।