रुसलाई युक्रेनविरुद्ध लड्न हतियार दिएको अमेरिकी आरोप , उत्तर कोरियाद्वारा अस्वीकार

एजेन्सी – उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धका लागि रुसलाई तोपखाना गोला र गोलाबारुद पठाएको अमेरिकी आरोपलाई अस्वीकार गरेको छ ।
उत्तर कोरियाले दर्जनौं हतियार परीक्षणहरू गरेको, छोटो दूरीका क्षेप्यास्त्रहरू (आणविक–हतियार) एक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अमेरिकी मुख्य भूमिलाई लक्षित गरी आक्रमण गरेको भन्ने आरोपको पनि अस्वीकार गरेको छ ।
यता, अमेरिकाले विश्वको सबैभन्दा धेरै हतियार भएको देश उत्तर कोरियाले युक्रेनमा सकिएको रुसी हातहतियारको भण्डारलाई पुनःपूर्ति गर्न सोभियत युगको गोलाबारूद जस्तै आर्टिलरी गोलाहरू आपूर्ति गरेको आरोप लगाएको लगाउँदै आएको छ ।
गत हप्ता रुसले करिब साढे दुई वर्षपछि सीमा नाका खोल्दै उत्तर कोरियाली नेता किम जोङ उनलाई ३० वटा राम्रो नश्लको घोडा रेलबाट पठाएको थियो ।






