गौ हत्या गर्नेलाई कारबाहीको माग गर्दै सीडियोलाई नेनेपाद्वारा ज्ञापन पत्र

कलैया, १७ साउन

गौ हत्या र तस्करीबारे नेपालका लागि नेपाली पार्टी कलैया नगर समितिले बारा जिल्लाका सीडियो नवराज सापकोटालाई ज्ञापन–पत्र बुझाएको छ ।

ज्ञापन–पत्रमा उल्लेख भएअनुसार बारा जिल्लामा व्यापक रुपमा गौ तस्करी भइरहेकोमा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। गाई लाई हाम्रो वर्तमान संविधानले राष्ट्रीय जानवरको मान्यता प्रदान गरेको छ। गौ माताको मासु सहित पकराऊ परेका व्यक्ति लाई कड़ा कारवाहीको सटा उन्मुक्ति दिने कार्यले हामी लाई चिन्तित बनाएको छ।

बारा जिल्लामा हुने गौ हत्या र तस्करी रोकन नेपालको लागी नेपाली पार्टी माग गरेको छ । साथै अमानवीय कार्य गर्ने व्यक्ति होस वा समूहलाई कडा कारवाही गरी कानूनी राज्यको प्रत्याभूति गराउन जोड़दार माग गरेको छ ।

गौलाई ओमकार परिवारले माताको रुपमा पुजापाठ गर्ने गरेका छन् । समयमा निराकरण गरिएन भने समाजमा बिकराल रूप लिन सक्छ । गौ हत्या र तस्करीमा बारम्बार मुस्लिम समुदायका व्यक्ति बारम्बार पकराऊ पर्दा पनी सम्बन्धित निकायको मौंनताले समेत संका जन्माएको छ।

देशको अन्य भागमा समेत एस्तो घटना हुदा संघीय सांसद र प्रदेश सांसदमा नेतृत्व गर्ने राजनीतिक दलका अगुवा मौन हुनुले दास मानसिकता हावी भएको प्रस्ट हुन्छ ।

‘देशको एउटा जिम्मेवार पार्टीको नाताले हामी हजूरको ध्यान आकर्षण गराऊंन चाहनछौ। हिन्दूहरुको आस्था संग खेलवडा भए समाज र देश दुर्घटनामा जाने खतरा रहेको छ ज्ञापनपत्रमा उल्लेख छ ।

कलैया नगर अध्यक्ष पवन सिंह ज्यूको अगुवाईमा सीडियो कार्यालय बारा गएको टोलीमा पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, सचिव तुलसी पौडेल, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी र पिया सिंह, मधेश प्रदेश उपाध्यक्ष मुना गुप्ता, कोषाध्यक्ष पारस दुबेदी, मधेश प्रदेश सदस्य विभा साह, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, कोषाध्यक्ष प्रणय सिन्हा, प्रबक्ता आशीष कौशिक सहित युवाहरुको सहभागी रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।