नेशनल मेडिकल कलेजका डाक्टर सञ्जय कुमार साह लाई डेढ लाखको अनुसन्धान अनुदान

काठमाडौं १ भदौ

विरगञ्जस्थित नेशनल मेडिकल कलेजका डाक्टरले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाबाट सोध अनुसन्धानका लागि अनुदान प्राप्त गरेका छन् । कलेजका डा. सञ्जयकुमार साहले परिषद्बाट ‘सीरम एड्रोपिन स्तरको उपयोगिताः मधुमेह नेफ्रोपैथीको प्रारम्भिक पहिचानः एक तुलनात्मक क्रस सेक्शनल अध्ययनका लागि प्रादेशिक स्वास्थ्य अनुसन्धान प्राप्त गरेका हुन् ।

परिषद्ले डा. साहलाई सोध र अनुसन्धानका लागि एक लाख ५० हजारको अनुदान प्रदान गरेको जनाएको छ । उनको उक्त सोध र अनुसन्धानबाट नेपाली समाज र स्वास्थ्य क्षेत्रका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले स्वास्थ्य सेवा र शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विरगञ्जका सफल मेडिकल व्यवसायी प्रा.डा. जैनुद्धिन अन्सारी तथा बसरुद्धिन अन्सारीको नेतृत्वमा सञ्चालित यस कलेजले मधेश प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सिमावर्ती भारतीय क्षेत्रका जनतालाई पनि सर्वसुलभ शुल्कमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २००१ बाट सञ्चालनमा आएको कलेजले मुलुकका लागि आवश्यक दक्ष डाक्टर, नर्ससँग मेडिकल जनशक्ति उत्पादन गर्दै आइरहेको छ । गुणस्तरीय मेडिकल शिक्षाका लागि प्रतिबद्ध कलेजमा अन्तराष्ट्रिय विद्यार्थीहरु समेत आउने गरेका छन् । कलेजका भारतसँगै दक्षिण एशियाली राष्ट्रबाट वर्षेनी मेडिकल शिक्षाका लागि विद्यार्थीहरुआउनेगरेका छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।