नेपाली कांग्रेस नवलपरासीद्धारा नेता देवेन्द्रराज कंडेललाई कारवाहीको माग

रंजीत शर्मा

नवलपरासी६ असोज

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीको जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य देवेन्द्रराज कंडेललाई कारवाहीको माग गरेको छ ।

हिजो असोजको ५ गते केन्द्रिय समितीमा नेता कंडेलले दिएकाे अभिव्यक्तिको घोर भर्सना गर्दै जिल्लाले कारवाहीको माग गरेको हो । कंडेलले पार्टी हित बिपरित बोलेको भन्दै केन्द्रिय कार्यसमितिको बैठकको रेकर्डबाट तत्काल हटाउन समिति माग गरेको छ ।

कांग्रेस केन्द्रिय कार्यसमितिको असोज ५ गतेको बैठकमा कंडेलले २ बर्ष देखि जिल्ला कार्यसमितिको बैठकमा सभापति उपस्थित नहुने, कार्यवाहक सभापतिको भरमा पार्टी चलेको, कार्यवाहक सभापतिले पार्टीमा भोट नहालेको,राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हीनन्दन गाउँपालिका सभापतिले मुस्लिम संघको कार्यक्रम संचालन गरेको, जिल्ला कार्यसमिति पुरै राष्ट्रिय स्वतन्त्र पार्टीको कब्जामा रहेको बताउनु भएको थियो ।

 

यसकाे प्रतिकार स्वरुप जिल्ला कार्यसमितिका सभापति अर्जुन पोखरेलले कंडेलले सधैँ आफू केन्द्रित राजनीति गरेको बताउनु भयो । उहाँले भन्नुभयाे, ‘कंडेलजीले २०४८ सालमा पार्टीमा कृष्णचन्द्र नेपालीले टिकट ल्याउँदा अनसन बसी चुनाव हराउनु भएकाे हाे । २०६४ सालमा पार्टीका उम्मेदवार देवकरण कलवारलाई हराउन हृदयेश त्रीपाठीलाई साबिक रमपुरवा गाविस लगाएत ठाउँको मत दिनु निर्देशन दिनुभयो,अहिलेको स्थानीय चुनावमा सुनवल नगरपालिका,रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउँपालिकामा पार्टी उम्मेदवार बिरुद्ध लाग्नु भयो, जिल्ला समन्वय समितिको प्रमुखमा आर्थिक प्रलोभनमा परि पार्टीका आधिकारिक उम्मेदवार हराउन लाग्नुभयो । उहाँकै हैकमवादले सदैव कार्यकर्ताको भावना र पार्टीको हितबिपरित भएको छ ।’ त्यस्तै सरावल गाउँपालिकामा पार्टीको आधिकारीक उम्मेदवार हुँदा हुँदै पनि पार्टिका बागी उम्मेदवार राधेश्याम चौधरी र वार्ड नं ०४ का वार्ड अध्यक्ष पदका बागी उम्मेदवार छोटेलाल पासवानलाई उकासी चुनाव लडाएको र हराएको बताउनु भएको छ ।

जिल्लामा भातृ संस्थाहरुको गठनका बिषयमा जिल्ला कार्यसमिति सँग कुनै पनि समन्वय नै नगरी सोझै केन्द्रबाट सभापति नियुक्ति गर्ने रबैयाले यस्ताे भएकाे जिल्ला सभापति अर्जुन पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रिय बैठकमा नेता कंडेलले जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई भङ्ग गर्न माग गरेपछि नेपाली काङ्ग्रेस नवलपरासीको विवाद उत्कर्षमा पुगेको छ ।

जिल्लामा सस्थापन पक्षमा केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल र सस्थापनइतर पक्षमा लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले नेतृत्व गरेको २ गुट प्रष्ट देखिन्छ । अहिलेको जिल्ला कार्यसमितिमा खनाल पक्ष बलियो छ भने कंडेल पक्ष कमजोर छ ।अहिलेको जिल्ला कार्यसमितिलाई कंडेलले आफू अनुकुल चलाउन नसकेपछि कार्यसमितिका विरुद्धमा कंडेल लागेको जिल्ला सचिब कुलदिप आचार्यले बताउनु भयो ।

यस्तै अहिलेको स्थानीय चुनाव नेता कँडेलले आफूले हराएको र निर्वाचन क्षेत्र नं ०२ मा आफू ले टिकट लियर आएको देखाए भनी धम्की दिँदै हिदेकोको कारण पार्टिको सुशासनलाई खिल्ली उडाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।