क्यानडामा सरकारी मोबाइलमा विच्याट प्रतिबन्धित

ओट्टावा । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो ।

ओट्टावा । क्यानडाले सरकारी मोबाइलहरूमा चिनियाँ प्रविधि कम्पनी टेनसेन्टको म्यासेजिङ एप विच्याट इन्स्टल गर्न बन्देज लगाएको छ । तत्कालैदेखि लागू हुने गरी क्यानडाले यो प्रतिबन्ध लगाएको हो ।
विच्याटलाई सुपर एपको रूपमा हेरिन्छ, म्यासेञ्जरदेखि भुक्तानीसम्म सबै सुविधा यसमा पाइन्छ । तर यो एपमार्फत चीनले विदेशी प्रयोगकर्तामाथि जासुसी गर्न सक्ने भन्दै पश्चिमी देशका सरकारहरूले सुरक्षा चिन्ता जनाइरहेका छन् ।