बी.ए.एल.एल.बी को प्रथम तीन दिने अनुशिक्षण कार्यक्रम आजदेखि शुरु

बीरगंज, २१ कार्तिक
मधेश विश्वविद्यालयको आयोजनामा विद्यालयको सभाकक्षमा ११० जना बी.ए.एल.एल.बी का विद्यार्थीहरुलाई अनुशिक्षण कार्यक्रम आजदेखि शूरु भएको छ ।
सो अनुशिक्षण कार्यक्रममा मधेश विश्वविद्यालय बारे उपकुलपति डा दिपक शाक्यले जानकारी गराउनु भयो भने कानुन शिक्षाको महत्व र यसको क्षेत्र बारे पर्सा जिल्ला न्यायधिस श्रीराम प्रसाद शर्माले गराउनु भयो ।
कानुन शिक्षाको महत्व र यसको क्षेत्र संयोजक रहेका सह न्यायधिवक्ता श्रीराम कुमार थापाले गरेका थिए ।
सो तीन दिवसीय अनुशिक्षण कार्यक्रममा दोश्रो दिन सुष्मा श्रेष्ठले उत्प्रेरणात्तम प्रस्तुती बारे र बासुदेवलाल कर्ण र श्री अरविन्द श्रेष्ठले विद्यार्थी प्रतिभा प्रस्तुती बारे जानकारी गराइने छन् ।
तेश्रो दिन विद्यार्थी आंचार संहिता, कक्षा संचालन निरन्तर परिक्षण बारे विश्व विद्यालयका डीन मान बहादुर विकेले प्रशिक्षण दिने जानकारी उपकुलपति शाक्यले जनाए ।
आज भएको विश्वविद्यालयको अनुशिक्षण कार्यक्रममा मधेश प्रदेशका जम्मा ११० जना विद्यार्थीहरुले उत्साहपुर्वक सो अनुशिक्षण कार्यक्रममा सहभागी भएर सो कार्यक्रमबाट लाभ उठाउने छन ।
साथै मधेश युनिभर्सिटीको प्रथम कक्षामा सहभागी विद्यार्थीहरुलाई स्वागत सम्मान उपस्थिति गराएको डा. शाक्यले बताए ।






