सवारी शाखामा ९८ प्रतिशत सनाखत नामसारी हुने गरेको बिचौलिया हरिद्धारा खुलासा, महेन्द्रको भ्रष्टचार कार्य अझै रुकेन

अजय चौरसिया/
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजका बिचौलिया हरि साह भन्ने हरिवंश प्रसाद गुप्ता र उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहको कालाकर्तुतको बारेमा यस अनलाईनमा पटक–पटक समाचार प्रकाशित भए पछि हरिले फेसबुक कमेन्टमा ९८ प्रतिशत सवारी सनाखत नामसारी हुने गरेको र यस सन्दर्भमा कार्यालय प्रमुख सँग सोध्न र लाईभ गर्न सुझाएका छन् ।
हरिले म लेखनदास नभए पनि जिविकोपार्जनको लागि सवारी शाखामा कार्य गर्दै गराउदै आएकोले म मार्फत कार्यालयका कर्मचारीले सनाखत नामसारी किन गरेका हुन ? कार्यालय प्रमुख कमल गौतम र अन्य कर्मचारीहरु सँग सोध्न फेसबुक कमेन्ट गरेका छन् । कर्मचारीलाई प्रभावित पार्दै आफ्नो दुनो सोझ्याउने गरेका बिचौलिया हरिले ना १ प देखि हालसम्म सनाखत नामसारी हुदै आएको र यसको प्रमाण मोटरसाईकलको ढाडा रजिस्टरमा हेर्न पनि कमेन्ट गरेका छन् ।
कानुन बिपरितका कार्य गर्ने गराउनेमा माहिर मानिएका हरिले पछिल्लो समय यामाहा कम्पनीको कार्यालयमा रहदै सो कार्यालयको पनि कार्य गर्दै गराउदै आएको बताईन्छ । यामाहा कम्पनीको आडमा मोटरसाईकल फाँटमा भित्र छिर्ने र बाहिर आउने उनको कामले सेवाग्रहीहरु पनि ठगिदै आएको बताईन्छ । बिचौलिया हरि कार्यालयको कर्मचारी नभए तापनि फाँट भित्र बाहिर गर्ने र सेवाग्रहीहरु सँग आवश्यक्ता भन्दा बढी रकम माग गरी कार्य गर्ने गराउने गरेको सोही फाँटमा कार्यरत्त एक जनाले बताए । यस्ता बिचौलियाहरुलाई विगतमा पर्सा प्रहरीले थुनेर कारवाही गरे पनि हरि माथि प्रहरी प्रशासनको ध्यान नजांदा सेवाग्रहीहरु आश्चर्यमा परेका छन् ।
दशैं भन्दा अगाडि करिब दुई सय सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई दिएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतले जनाएको छ । तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ ।
करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहले पटकेको रसिद पनि काटदै आएका छन् । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको बताईन्छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको सोही कार्यालयमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताए ।
पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजार रुपैया नेपाल सरकारको तलबको अलावा घुसको रकम असुल्ने गर्ने गरेको बताईन्छ । कार्यालय सहयोगी महेन्द्रको छोरा हरिले आफ्नो बुवाको बारेमा सफाई दिदै फेसबुक कमेन्टमा पटके सवारी सन्दर्भमा लेख्दै १ किलोमिटरलाई ३ रुपैया लाग्छ, वीरगंजबाट कलैया जान पटकेको रसिद १६० लाग्छ भने १६० को ठाउँमा ५६० कसले दिने भनि प्रतिप्रश्न गर्दै बुवाको बचाउ गरेका छन् ।
पाठकवृन्द्, वीरगंज– कलैया वा वीरगंज–पोखरियाको पटके रसिद कटाउन सायदै कोही जान सक्छ, जुन भ्रष्ट प्रवृतिका महेन्द्र साह माथि आरोप लगाईएको छ त्यो लामो दुरीको सवारी साधनको सन्दर्भमा भुक्तभोगीहरुले बताए अनुसार हामी जनतालाई सुसुचित गराउने प्रयत्न गरेका छौं । हाम्रो समाचारमा चित नबुझे नियमनकारी निकायमा उजुरी दिन अधिकार हुँदा हुदै पनि बिचौलिया हरिले सामाजिक सञ्जाल फेसबुक कमेन्टमा हाम्रा कार्यालय र अनलाईन सन्दर्भमा भ्रामक कुराहरु लेखि बदनाम गर्दै गरेकोले हामी कानुन अनुसार साईबर क्राईममा उजुरी दिन बाध्य भएका छौं ।
यस सन्दर्भमा कार्यालय प्रमुख कमल गौतम सँग मोबाईल फोन सम्पर्क गर्दा उनले कही कतै आधिकारिक कार्यालयबाट सनाखत नामसारीको सिफारिस आए गर्न मिल्छ, होईन भने बिना सिफारिसको सनाखत नामसारी गर्न नमिल्ने बताए । अनि बिचौलिया हरिको बुवा महेन्द्र साहले पटके रसिद काटदा हाकाहाकी घुसको रकम मागी रहेको सन्दर्भमा जिज्ञासा राख्दा उनले हरि र उनका बुवाको बारेमा के रहेछ म विस्तृत बुझ्ने प्रतिक्रिया दिए ।
बिचौलिया हरिले सनाखत नामसारी हुन्छ भनि स्वीकार गरिसकेको अवस्था र बुवा महेन्द्रले भ्रष्टाचार गरिराखेको घाम जस्तै छर्लङ्ग भए पनि प्रहरी प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायहरुले आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।






