समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन ब्यवस्था आवश्यक : प्रभु साह 

समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन ब्यवस्था आवश्यक : प्रभु साह 

रौतहट १ मंसिर

आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकको बिकासका लागि आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताएका छन् ।

रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बिजयपुर बजार र गुजरा नगरपालिकाको सिमराभवानीपुरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुक्रवार आयोजित शुभकामना अदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताए ।

मुलुकको बिकासका लागि आम जनताको शासन ब्यवस्था आवश्यक छ, आजप अध्यक्ष साहले भने, अहिलेको यो संबैधानिक ब्यवस्थाले केही हुनेवाला छैन । केही नेता र दलको हैकम मात्रै चलेको छ, त्यसलाई जरै देखि उखेलेर फाल्नुपर्ने हुन्छ ।

नेपालमा भएको सम्पत्ति बेचेर बिदेशमा थुपारिरहेका गैर आवासियलाई दोहोरो नागरिक्ता दिएर नेपाललाई कंगाल बनाउने काम भईरहेको बताउदै उनले यसलाई रोक्नुपर्ने बताए ।

नेपालको नागरिक्ता त्यागेर यहाँको पैसा लिएर बिदेश गई सकेकाहरुलाई किन फेरि दोहोरो नागरिक्ता दिनुपर्यो ? प्रश्न गर्दै साहले भने, नेपालमा बचेको सम्पत्ति बेचेर लैजानका लागि मात्रै हो । बिदेशमा गएर श्रम गरि नेपालमा पैसा पठाई नेपालको समृद्धिमा योगदान गरिरहेकाको समस्या समाधानमा चासो नदिने सरकारले भगौडाहरुका निमित्त काम गरिरहेको छ ।

मुठिभर नेताको मनोमानी र दल तथा प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त भएका कारण देशको आर्थिक अवस्था कमजोर हुँदै गएको उनले बताए ।

यहाँका प्रमुख दलका प्रमुख नेताहरु नै भ्रष्टाचारमा लिप्त छन् । त्यहाँ रहेका अरु नेताहरु पनि ती भ्रष्ट नेताको पछि लाग्ने, आफू पनि केही कमाई राख्ने मानसिकताबाट अगाडी बढदै कमाउ धन्दामा लागेका छन्, आजपा अध्यक्ष साहले भने, यी र यस्ता भ्रष्ट नेताहरुका कारण आज देशको अवस्था कमजोर हुँदै गईरहेको छ । यसलाई तोडने, दलतन्त्रको आडमा भइरहेको भ्रष्टाचारको विरुद्धमा आम जनता एकजुट हुनुको विकल्प छैन् ।

नेपालको आर्थिक अवस्था कमजोर बनाउने दलतन्त्रको अन्त्य नभए सम्म मुलुक समृद्ध बन्न नसक्ने बताउदै उनले ठग, भ्रष्ट, अपराधी, भ्रष्टाचारमा लिप्त भएका नेताहरूलाई गाउँ–गाउँबाट लखेटनु पर्ने बताए ।

देशमा बढ़दो लुट एवं भ्रष्टाचार रोक्नका लागि दलतन्त्रको अन्त्य जरुरी रहेको निष्कर्ष सुनाउदै अध्यक्ष साहले दलतन्त्रको विरुद्ध सशक्त आन्दोलनमा उत्रिनुपर्ने बताए ।

नेपालमा भ्रष्टाचार गरेर बिदेशमा पैसा जम्मा गर्ने नेताले देशलाई समृद्ध बनाउन नसक्ने भएकाले देशलाई समृद्ध बनाउने जिम्मेवारी पनि आम जनताले लिनुपर्ने आह्वान गर्दै साहले गाउँ–गाउँबाट युवाहरू अगाडी बढनुपर्ने बताए ।

आजपाका केन्द्रिय सदस्य एंव कार्यालय सचिव बालकृष्ण सापकोटाले शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताए । गुजारा नगरपालिकाको नगर भेला पनि सम्पन्न भएको सापकोटाले बताए ।

सापकोटाका अनुसार सो कार्यक्रममा आजपाका सचिव एवं पुर्व सांसद समिना हुसेन, स्थायी कमिटी सदस्यद्वय सुधिर यादव, त्रिभुवन साह, राजन यादव, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नगरप्रमुख रीना साह, रन्जु साह, बबित कुमारी साह, कान्ति देवी, बबिता यादव, बिजय यादव, विवेक साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।