टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

न्यायाधीश विनोद शर्माको ईजलासले टीकटक बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यस्तै, ईजलासले उक्त रिटमा १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा कारण देखा आदेश गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदातमा १० वटा रिट परेको थियो ।

सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।