डिसेम्बर १ देखि भारतीय नागरिकहरूलाई भिसामुक्त मलेसियामा प्रवेशको अनुमति

एजेन्सी । मलेसिया सरकारले आउदो डिसेम्बर १ तारिख देखि भारतीय नागरिकहरुलाई भिसामुक्त प्रवेशको अनुमती प्रदान गरेको छ ।
मलेसियाले डिसेम्बर १ देखि देश भ्रमण गर्ने भारत र चीनका नागरिकहरूको लागि प्रवेश गर्न लाग्ने अनुमती भिसा आवश्यकताहरूलाई खारेज गरेर भिसामुक्त प्रवेशको अनुमती दिएको ब्लूमबर्गले आइतबार रिपोर्ट गरेको हो ।
भारतीय र चिनियाँ नागरिकहरू ३० दिनसम्म भिसा–मुक्त रहन सक्छन्, मलेसियन प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आफ्नो पीपुल्स जस्टिस पार्टीको वार्षिक सम्मेलनमा भाषणको क्रममा उक्त कुरा भनेका छन् ।






