तालिम सञ्चालन बिना नै भ्रष्ट अधिकृत ओझाले गरे भुक्तानी, नियमनकारी निकाय मौन

वीरगंज । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा प्रमुख प्रशासकीय अधिकृत र लेखापालले नियम कानुनलाई लत्याएर भुक्तानी गरेकै कारण महालेखा परीक्षकको कार्यालयले २ करोड ९४ लाख ७ सय १४ रुपैया बेरुजु कायम गरेको छ ।
सो आर्थिक वर्षमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दिपकलाल पालको सरुवा भए पश्चात सोही आर्थिक वर्षमा मिति २०७८ चैत १६ गतेका दिन भ्रष्ट तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा हाजिर भएको मलेपको प्रतिवेदनमा उल्लेख छ । हाजिर भए पश्चात अधिकृत ओझाले आफ्नो भ्रष्टाचार कार्यलाई तिब्रता दिन सुरु गरे ।
उनको कार्यकालमा तालिम सञ्चालन भएको भनेर व्यानरको फोटो मात्र राखेर तत्कालिन लेखापाल बजरंगी साह जयसवालको मिलोमतोमा ३ लाख ९६ हजार ५ सय २६ रुपैया नियम बिपरित भुक्तानी गरेकोले मलेपको कार्यालयले सो रकम बेरुजु कायम गरेको छ । मलेपको प्रतिवेदनको क्रम सं। २२।३ मा पालिका र संस्था बीच भएको सम्झौता अनुसार वडा नं. १ र ३ मा तालिम सञ्चालन भएको भनेर विवरण संलग्न गरिएको छ ।
दुबै वडामा २३/२३ जना सहभागीलाई ३० दिनको तालिम सञ्चालन भएको भन्ने विवरण उल्लेख छ । संलग्न विवरणमा वडा नं। १ मा १५ दिन र वडा नं. ३ मा २५ दिन मात्र तालिम सञ्चालन भएको देखिएको छ । तालिम २०७९ सालको बैशाख र जेठ महिनामा सञ्चालन भएको विवरण पेश भएको छ ।
प्रमाणको रुपमा कागजातमा संलग्न राखिएको फोटोमा स्काई फाउन्डेशन तथा साहारा युवा क्लब भन्ने अरु अर्को संस्थाले अन्य विभिन्न समयमा सञ्चालन गरेको तालिमको व्यानर देखिने फोटो संलग्न गरिएको छ । प्रस्तावना पेश गर्दा गल्त विवरण पेश गरेको ३० दिनको तालिम सो भन्दा कम अवधिमा सञ्चालन गरेको तथा असार महिनामा अर्को संस्थाले सञ्चालन गरेको तालिमको व्यानर तथा फोटो राखेर भ्रष्ट अधिकृत ओझा र लेखापाल जयसवालले भुक्तानी दिएको हुंदा उक्त संस्थाले कामै नगरी भुक्तानी लिएको देखिएकोले सो रकम बेरुजु भएको छ । काम न भए पनि भुक्तानी गरेका भ्रष्ट अधिकृत ओझा र लेखापाल जयसवाल विश्रामपुरमा हुंदा यस्ता अनगिन्ती भ्रष्टाचार गर्ने गरेको समाचार स्रोतको भनाई रहेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४९२०९घ० मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था रहेको छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी पारेको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिन्छ । यसले समेत भ्रष्टाचार भएको घाम जतिकै छर्लङ्ग हुन्छ ।
विश्रामपुरमा भ्रष्ट अधिकृत ओझाले कार्यरत्त रहंदा अनियमित्ता गर्नमा माहिर भएकोले त्यहाँका केही जनप्रतिनिधि र स्थानियवासीहरुको व्यापक अवहेलना खेपेकै कारण उनले आफ्नो सरुवा अन्यत्र गराएर गएको विश्रामपुरवासीहरुको भनाई रहेको छ । उनै अधिकृत ओझा हाल पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा कार्यरत्त रहेका छन् ।
जुन पालिकामा जांदा ठेक्केदारहरु सँग मिली गोप्य टेन्डर गर्नमा माहिर मानिएका अधिकृत ओझा बिन्दबासिनी गाउँपालिकामा आएको करिब ४ महिनाको अवधिमा लेखापाल मिथिलेश कुशवाहाको मिलोमतोमा गाउँपालिकाका पदाधिकारीलाई थाहै नदिई अनावश्यक चेक काटदै भ्रष्टाचारको ताण्डव मच्चाउन थालेकोले गाउँपालिका अध्यक्ष प्रमोद तिवारी सँग उनको सम्बन्ध खासै राम्रो नभएको स्रोतको भनाई रहेको छ । भ्रष्ट अधिकृत ओझा र लेखापाल कुशवाहाले भ्रष्टाचार जन्य कार्य गरेर सो गाउँपालिकालाई बदनाम गर्न गराउन तल्लिन रहेकोमा अध्यक्ष तिवारी लगायत केही वडाध्यक्षहरु रुष्ट रहेको सो गाउँपालिकामा कार्यरत्त एक जना कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
लेखापाल कुशवाहा सो गाउँपालिकामा बर्षौ देखि जडा गाडेर बस्दा सो गाउँपालिकाको भ्रष्टाचार सन्दर्भमा उनलाई सुक्ष्म तरीकाले जानकारी रहेकोले उनी र अधिकृत ओझाको मिलोमतोमा भ्रष्टाचार कार्य अघि बढिरहेको समाचार स्रोतको भनाई रहेको छ ।
भ्रष्ट अधिकृत ओझा र लेखापाल कुशवाहाले लाखौ लाख भ्रष्टाचार गरिरहदा पनि नियमनकारी निकाय मौन रहनुले पनि सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।






