बैंकहरुले मनोमानि ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै आजपाद्धारा मधेस बन्दको घोषणा

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले आउँदो माघ १० गते मधेस बन्दको घोषणा गरेको छ । आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्दको घोषणा गरेको हो ।
बैंकहरुले मनोमानि ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरिव किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो ।
यी मागहरु उठाउँदै गत हप्ता आजपाले मधेस प्रदेशको राजधानी जनकपुरमा विरोध प्रदर्शन गरेको थियो । सरकार संग यी माग गर्दै आजपाले यथासिघ्र सम्बोधन गर्न आग्रह गरेको थियो । तर सरकारले आफूहरुको माग सम्बोधन गर्ने बिषयलाई गम्भिर रुपमा नलिएको भन्दै आजपाले आम हडताल गर्ने अवस्थामा पुगेको हो ।
आजपा मधेस प्रदेशका ईन्चार्ज सुधिर यादव र अध्यक्ष उमेश कुशवाहाले संयुक्त रुपमा मंगलबार एक बिज्ञप्ती जारी गर्दै सरकारलाई दबाब दिने उदेश्यले मधेस बन्दको घोषणा गरिएको जनाएका छन् ।
‘हामी मागहरुको सम्बोधन गर्न निरन्तर आवाज उठाई रहे पनि सरकार गम्भिर नदेखिएको सन्दर्भमा बाध्य भई संघर्षको कार्यक्रम घोषणा गर्नु परेकोछ’ आजपा मधेस प्रदेशका इन्चार्ज यादवले भने ।
आजपाले पौष १२ गते प्रदेश स्तरीय भेला विरगंजमा गर्ने, १३ पौष मसान्तसम्म स्थानिय तहमा पीडितहरुसंग अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, १ माघ देखी ८ माघ सम्म प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने ९ माघमा प्रत्येक जिल्लामा मोटरसाईकल र्याली तथा मसाल जुलुस गर्ने र १० माघमा मधेस बन्द गर्ने कार्यक्रम रहेको आजपा प्रवक्ता चन्दभुषण साहले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।