समाजवादी विद्यार्थी युनियन पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत
समाजवादी विद्यार्थी युनियन पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत

वीरगञ्ज १ पुस
जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी सङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल पर्साको अध्यक्षमा हरिन्द्र साह मनोनीत भएका छन् ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको समाजवादी विद्यार्थी युनियन नेपाल एकाइको अध्यक्ष समेत रहेका साह जिल्ला संयोजक र अध्यक्षमा मनोनीत भएका हुन् ।
युनियनका महासचिव प्रकाश चामलिङ्ग राईले साहलाई पर्सा जिल्ला संयोजक पदको जिम्मेवारी दिइएको जानकारी गराएका छन् । युनियनको पर्सा जिल्ला अध्यक्षका रूपमा साहको कार्यकाल देश, पार्टी र सङ्गठनको हकहितका लागि उपलब्धिमूलक रहने छ भने राईको विश्वास छ ।साह जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन साह सोनारको स्वकीय सचिव पनि हुन् ।





