राष्ट्रिय स्वाधीनताको बीआईआर खारेजीको माग

राष्ट्रिय स्वाधीनताको बीआईआर खारेजीको माग

वीरगंज २६ पुस

राष्ट्रिय एकता अभियानले इनरुवामा राष्ट्रिय स्वाधीनता, बीआईआर ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल’ बिषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ। यो कार्यक्रमको अध्यक्षता इनरुवाको प्रसिद्ध समाज सेविका लक्ष्मी साहले गर्नुभएको थियो भने मुख्य अतिथि अभियानमा केन्द्रीय संयोजक विनय यादव हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव भने कार्यक्रममा अभियानका प्रवक्ता जीवन साह, सभासद श्रीमती ललिता साह, गायक ज्योतन मेहता र प्राध्यापक कुञ्ज्यालाल यादवलगायत उपस्थित थिए ।

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतीमा बीआईआर ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विस्तृत छलफल भयो । प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासका चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आबस्यक रहेको बताए। उनले पोखरा अन्तरराष्ट्रिय बिमानस्थलको लागि उपलब्ध गराईएको ऋण भोली नेपालको सार्वभौमसतालाई चुनौती दिए खतरा औल्याए।

यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसङको बिआराआई सम्झौता खारेज गर्नुपर्नेमा सह्मती जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।