नेशनल मेडिकल कलेजमा दाजुभाईको झगडाले उग्र रुप लियो सम्पत्तिको लागि जे पनि हुने डा जैनुद्दिन र बसुरुद्दिनको उजूरी प्रशासनमा

नेशनल मेडिकल कलेजमा दाजुभाईको झगडाले उग्र रुप लियो सम्पत्तिको लागि जे पनि हुने डा जैनुद्दिन र बसुरुद्दिनको उजूरी प्रशासनमा

बीरगंज १० माघ

बहुचर्चित नेशनल मेडिकल कलेज बीरगंजमा शेयर स्वामित्वको बिषयलाई लिएर अध्यक्ष डाक्टर जैनुद्दिन अन्सारी र तत्कालिन डाइरेक्टर सहोदार भाई बसुरुद्दिन अन्सारीका बीच निकै रस्सा कस्सी शुरु भएको छ । यहाँ सम्मकी अव एकदेखि अर्कोलाई अज्ञात भएका कारण असुरक्षित महसुस गरिरहेका छन भने डाक्टरले १५ दिन अघि नै आफ्नो भाइसँग असुरक्षा महसुस गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा शान्ति सुरक्षाको लागि निबेदन दिएका छन ।

त्यसको प्रतिक्रिया स्वरुप हिजो नै तत्कालिन प्रबन्ध निर्देशक महमद बसुरुद्दिन अन्सारीले पनि जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएका छन । उनीहरुको बीचमा नेशनल मेडिकल कलेज, काठमाण्डौं नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा हिस्सेदारीको बिषयलाई निकै चर्को बिवाद सृजना भएको छ ।

डाक्टर अन्सारीले बसुरुद्दिनको अधिकार खोसेका छन भने बसुरुद्दिनले कलेजको बर्तमान संरचना निर्माणमा पूर्ण रुपमा आफ्नो भूमिका रहेको भन्दै आधा आधाको हिस्सा माग गरेको समाचार प्राप्त हुन आएको छ ।

यस्को भित्री रुप भने अन्य केही सम्बन्धसंग पनि जोडिएको छ । तर यसका बारेमा भने कसैले पनि अहिले बताउन चाहेका छैनन ।यस बारेमा डाक्टर अन्सारीसँग फोन गरेर बुझ्न खोज्दा आफुले त्यो प्रकरणमा कुनै कुरा अहिले नबोल्ने प्रतिक्रिया दिए । उता प्रबन्ध निर्देशकसंग सम्पर्क गर्दा उनले पनि कुनै प्रतिक्रिया दिन चाहेनन । संभार : च्वाइस खबर

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।