दुध तथा दुग्ध जन्य पदार्थको आयातामा रोक लगाउँने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले दुध तथा दुग्ध उत्पादनको आयातमा रोक लगाउँने निर्णय गरेको छ । दुध तथा दुग्घ जन्य पदार्थहरुको बढदो आन्तरिक उत्पादनसंगै आन्तरिक खपत सोही अनुरुप हुन नसक्ने भएकाले बाह्य मुलुकमा सम्भाव्य बस्तुहरुको निर्यात हुन नसक्नु र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्ध जन्य पदार्थको अत्याधिक मौजदात लगायतका कारणले आयातमा रोक लगाउँने निर्णय भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले (भारत लगायत देश) बाट हुने दुध तथा दुग्ध जन्य पदार्थको आयातमा रोक लगाउँने निर्णय गरेको मन्त्रालयका बाली संरक्षण अधिकृत सुजित पौडेलले जनाएका छन् ।
पौडेलका अनुसार दुध तथा दुग्ध जन्य पदार्थको अत्याधिक मौज्दात हुन गई सृजना भएको परिस्थितिका कारणले उधोग संचालन गर्न कठिन भएको तथा कृषकहरुले दुध तथा दुग्ध जन्य पदार्थको बिक्री भएको उपजको समेत भुक्तानी पाउँन नसकेको बिषयलाई सम्बोधन गर्न कृषकहरु तथा स्वदेशी उधोगहरुको संरक्षणका लागि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
२ फागुनमा कृषि मन्त्री डा. बेदुराम भुसालको निर्णय सरकारले यो निर्णय कार्यान्वयन गर्दैछ । चिल्लो हटाईएको दुध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), दुधका पाउडर, नौनी (बटर), ध्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारका जित लगायतका आयातमा रोक लगाउँने निर्णय भएको छ । सरकारले यो निर्णय कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन समेत दिइसकेको छ ।
यसैगरी कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले डिडिसिको किसानलाई दिने भुक्तानिको लागि ३० करोड ऋण माग गरेको छ । कृषि मन्त्रालयले माग गरेको सो फाईल आज अर्थ मन्त्रालयमा पुगेको छ । तत्काल कार्यान्वयनमा जाने र डिडिसिको मात्र ८५ करोड भुक्तानि बाँकि रहेको मन्त्रालय स्रोतले जनाएको छ । यस्तै कृषि मन्त्रालयले कुन दुग्ध उधोगका किसानको कति भुक्तानी दिन बाँकि छ र कति स्टक छ लगायतका बिषयमा डिडिसिसंग जानकारी माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।