वीरगंज वडा नं. १ मा फागुन २७ गते देखि खोप लगाईने

वीरगंज । वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखा पर्साको आयोजनामा राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत वडा स्तरीय एम।आर। खोप अभियान बारे खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिका वडा नं। १ छपकैया नगर स्वास्थ्य केन्द्रमा आयोजित सो कार्यक्रममा केन्द्रका प्रमुख मधुरेन्द्र मिश्रले आउदो फागुन २७ गते देखि चैत्र ७ गते सम्म वडाको विभिन्न स्कूल तथा खोप केन्द्रहरु मार्फत खोप कार्यक्रम सञ्चालन हुने बताए ।
९ महिना देखि १५ वर्ष सम्मका २४६६ जना लक्षित बालबालिकाहरुलाई वडाका ४ वटा विद्यालय, स्वास्थ्य चौकी, शान्तिटोल, डोम टोल, सिसोबारी, मस्जिद टोल, नयाँ टोल लगायत १० खोप केन्द्र मार्फत खोप लगाईने बताए । १२५ जना भन्दा बढी बालबालिका रहेको खोप केन्द्रमा २ जना खोप कार्यकर्ता र ३ जना स्वयंसेविका परिचालन हुने खोप केन्द्र प्रमुख मिश्रले बताए ।
वीरगंज–१ का कार्यवाहक अध्यक्ष रमावती देवी पासवानको अध्यक्षतामा सम्पन्न सो अभिमुखिकरण कार्यक्रममा वडा सदस्यहरु दिपेन्द्र राउत, बिपिन कुमार कानु, राधिका देवी साह, शिक्षिका संझना घिमिरे, संगिता शर्मा, स्थानिय समाजसेवी दिलिप दास, सेराज आलम, ललन पासवान, सञ्चारकर्मी दिपेन्द्र गिरी लगायतकाले आ–आफ्ना सल्लाह सुझावहरु दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।