देवताल गा. पा.२मा महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
देवताल गा. पा.२मा महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

२०८० माघ १२
बाराको देवताल गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण झिटकैयामा माघ १० गते,दक्षिण झिटकैया स्वास्थ्य चौकी कैलानपुरमा ११ गते र देवताल गा. पा.२ गमहारिया र कैलानपुरमा १२ गते गरी २/२ इभेंन्टमा तालिम सम्पन्न भएको हो ।
देवताल गाउँपालिकाको आर्थिक सहयोगमा महिला बाल तथा समाज कल्याण केन्द्र फेटा बाराले आयोजना गरेको तालिम शुक्रबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
महिला बाल तथा समाज कल्याण केन्द्र बाराका अध्यक्ष असरफ अलीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घघाटन देवताल गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले गरेका थिए भने विशिष्ट ,अतिथि वडा अध्यक्ष मनरुदीन मियां ठकुराई , विशिष्ट अतिथि,सामाजिक बिकाश शाखा का प्रमुख राजीव कुमार यादव ,अतिथि,समाजसेवी नवलकिशोर यादव,अतिथि, वडा सदस्य सुरेन्द्र कुशवाहा,स्थानीय लंगटू यादव रहेका थिए।
महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम हरेक महिलाले सिक्नै पर्ने तालिम भएको अधिकृत श्रीवास्तवको भनाई छ ।यस सम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला आफु संग भएको ज्ञान सिपलाई पनि व्यवहारिक तथा कानूनी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने उनको भनाइ थियो ।
पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको महिला बाल तथा समाज कल्याण केन्द्र का अध्यक्ष अलीले बताए ।
महिला हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम अत्यन्तै उपयोगी अनि महत्वपूर्ण तालिम हो ।
उक्त तालिममा महिलाहरूले घरेलु हिंसा,साथी भाइबाट हुने हिंसा,सहकर्मीबाट हुने हिंसा,शिक्षक वा गुरुबाट हुने हिंसा, सार्वजनिक स्थानमा वा पारिवारिक हिंसा लगायत अन्य विभिन्न किसिमका हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
सो कार्यक्रममा देवताल गा. पा.२ ,दक्षिण झिटकैया, कैलानपुर र गम्हरिया गरी ३१० जना महिलाहरुलाई महिला हिंसा सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो । सो तालिमका प्रशिक्षक रामनारायण मण्डल, राजेश कुशवाहा, अनिल कुमार कुशवाहा र बिक्की महतो,सहायक प्रशिक्षक जुही मेहता,लुकमान खान, गीता गुप्ता र रेणु कुशवाहा लगायतकाले महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।






