बाबा वनस्थली इंङ्गिलश बोर्डिङ्ग स्कूलको ५ औं वार्षिक अभिभावक दिवस सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा बौद्धिमाई स्थित बाबा वनस्थली इंङ्गिलस बोर्डिङ्ग स्कूलको ५ औं वार्षिक अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।
सो कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि वीरगंज महानगपालिकाका उप–मेयर इम्तियाज आलमले विद्यालयले छोटो समयमै राम्रो प्रगति गरेकोमा बधाई दिदै स्कूलमा अध्यनरत्त गरिब, असहाय बालबालिकाहरुलाई मासिक शुल्ककै लागि पढाईबाट बञ्चित नगर्न सुझाउदै आफुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
सो कार्यक्रममा ७ जना अभिभावकहरुलाई फुल माला लगाई स्कूलका प्रधानाध्यापक रोशनी कुमारी र सञ्चालक रामजी दासले सम्मान गरेका थिए ।
सो कार्यक्रममा वीरगंज महानगपालिका शिक्षा प्रशासन महाशाखा प्रमुख हरि राउत, युवा संघ नेपालका केन्द्रिय सदस्य अनिल पटेल, वडा नं १४ का पूर्व वडा अध्यक्ष भरत कुर्मी, समाजसेवी जगमोहन पटेल, डाक्टर अशोक दास लगायतकाले आ–आफ्ना शुभकामना मन्तब्य राखेका थिए ।स्कूलले विभिन्न खेलकुदमा प्रथम, द्वितीय र तृत्य गरेका विद्यार्थीहरुलाई मेडल सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा स्कूलका विद्यार्थीहरुले नृत्य, समाजिक कुरिति विरुद्ध नाटक तथा संस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।