कृपया हामीलाई यहाँबाट निकाल्नुहोसः रुसमा फसेका ४ नेपालीले भारतीय संग आग्रह

मास्को, एजेन्सी । रुसी सेनामा सहयोगीको रुपमा काम गर्न भर्ती भएका चार नेपाली नागरिकले भारतीय संग आग्रह गरेका छन् ।
रुसी सेनामा सहयोगीको रुपमा काम गर्न विचौलियाको माध्यमबाट रुस गएर ठगिमा परेका नेपाली नागरिक जोखिममा परेपछि आफूहरुको जीवनलाई जोगाइदिन भारतीय पक्ष संग आग्रह गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
चार जना नेपाली नागरिकलाई सेनामा सहयोगीको रूपमा काम गर्न रुस गएर ठगिएको थियो तर सहयोगी भूमिकाको साटो रुस–युक्रेन युद्धमा लड्न बाध्य पारिएको छ ।
जोखिममा परेका नेपाली नागरिकहरुले हामीलाई ठूलो आशा छ…भारतले हामीलाई मद्दत गर्नेछ. (भारत छ)…धेरै शक्तिशाली…कृपया हामीलाई यहाँबाट निकाल्नुहोस्,’ रुसमा फसेका एक नेपाली नागरिकले यसरी गुहार लगाए ।
श्रोतः रिपब्लीक वल्र्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।