प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूतबीच भेट, विकसित राजनीतिक घटनाक्रमप्रति चासो

धानमन्त्री पुष्पकमल दाहाल र नेपालस्थित चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङ बिहीबार विहान प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।
उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। स्रोतका अनुसार चिनियाँ राजदूत सोङले पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रधानमन्त्री दाहालसँग चासो राखेका थिए।

राजदूत सोङले बिआरआई परियोजना अघि बढाउन प्रधानमन्त्री दाहाललाई सुझावसमेत दिएको स्रोतको भनाइ छ। चिनियाँ विदेश मन्त्रालयले केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएको थियो।
बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ। तर, बिआरआई परियोजना चीनले सोचेअनुसार अघि बढ्न सकेको छैन। केही दिनअघि चिनियाँ जन्मुक्ति सेनाका उच्च अधिकारीहरू समेत नेपाल आएका थिए।

केही राजनीतिक विश्लेषकहरूले चिनियाँ प्रभावमा एमाले–माओवादीको नयाँ राजनीतिक समीकरण बनेको दाबी गर्दै आएका छन्। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एमाले–माओवादी गठबन्धनमा चीनको कुनै हात नरहेको स्पष्ट पारेका थिए। उनले त्यसको श्रेय आफूलाई दिन भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।