विश्वभर मनाइने जैविक विविधता दिवस यस वर्ष महोत्तरीको भंगहामा मनाईयो
विश्वभर मनाइने जैविक विविधता दिवस यस वर्ष महोत्तरीको भंगहामा मनाईयो

महोत्तरी ९ जेष्ठ
UN को आब्हानमा प्रत्येक वर्ष May 22 मा विश्वभर मनाइने जैविक विविधता दिवस यस वर्ष पनि आज बुधबार मनाइएकोछ । महोत्तरीको भंगहा न.पा. वा.नं.१,२ र ८ मा पर्ने गेरुका नदिको उदगम स्थलमा छलफल,भेंटघाट, सम्मान, अन्तरक्रिया, वृक्षारोपण र विरुवा बितरण गरि मनाइएको छ । कार्यक्रममा १० लाख बिरुवा रोपण अभियानका अभियानकर्ता बासु गौतम मार्फत प्राप्त आँप र कागतीको क्रमशः २०० र १०० विरुवाहरु बितरण गरिएको थियो ।
भंगहा २ का वडाध्यक्ष इन्द्रशेखर पंजियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मेयर संजिव साह, उपमेयर शान्ति कुमारी सिंह, वनविज्ञ हरी मंडलवन अधिकृत सुरेश शर्मा,भाइजि अमरचन्द्र अनिल, हरिश्चंद्र यादव बासु गौतम,चुरे उत्थानशिल आयोजनन प्रमुख चडामणी खतिवडा, Dfo संतोष झा मित्र राष्ट्र भारतका पर्यावरण अभियानीहरु डा. धर्मेंद्र कुमार, राजेश कुमार शर्मा, ट्री मैन राम प्रकाश रवि, भैया अजितको उपस्थिति रहेको थियो। त्यसैगरी देवकुमार यादव, वडाध्यक्षहरु लक्ष्मी नारायण साह र सरिफ कवारी, NIMB र मुक्तिनाथ बैंकका प्रतिनिधिहरु र स्थानीय गेरुकाधाम/नदि संरक्षण सरसफाइ अभियानीहरु समेतको उपस्थिति रहेको थियो ।
पर्यावरण प्रेमीहरु यस जैविक विविधता दिवसलाई अन्तर्राष्ट्रिय पर्वको रुपमा मनाउने गर्दछन् । यस धरतीमा लाखौं प्रजातीका जीवजन्तु र वनस्पतिहरू पाइन्छन् । यिनीहरू सबैको आ-आफ्नै विशेषता र अन्तरसम्बन्ध रहेको हुन्छ । कुनै कारणबस एउटा वनस्पती वा जिवजन्तुलाई असर परेमा त्यसबाट अन्य जिवजन्तु प्रभावित हुने भएकाले त्यसको समग्रतामा मानव समेत प्रभावित हुने हुँदा यी सबै जैविक विविधताको संरक्षण हाम्रै दायित्व अन्तर्गत पर्दछ ।
खासगरी जलवायु परिवर्तनको असर बिकराल हुंदै गएको अवस्थामा भौगोलिक रूपमा सानो भएर पनि जैविक विविधता र Ecosystem मा धनी हाम्रो मुलुकमा सानो असावधानी वा गल्तीले ठूलो मात्रामा जैविक विविधता र Ecosystem को बिनास हुनसक्ने दृष्टिकोणले हाम्रो मुलुक Hotspot को रुपमा रहेको छ । दूरगामी रूपमा यसबाट पार पाउनको लागि पनि धरती प्रकृती र वनस्पतिको रक्षा हुन परम आवश्यक भएकोले सामुहिक वा निजी स्तरबाट वन वनस्पती र जैविक विविधताको संरक्षणको लागि वृक्षारोपण अभियान लाई निरंतरता दिने कार्यक्रमा सहभागिहरुले जनाएका छन्।






