वीरगञ्जमा विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न
वीरगञ्जमा विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न

वीरगञ्ज २३ असार
वीरगञ्मा विद्यालय सुधार योजना सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । गैरनाफामुलक संस्था युवालयको आयोजनामा विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।
होटल वीरगञ्ज गेट वै मा आयोजित कार्याशालाको उद्घाटन पर्सागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख देव कुमार गिरीले गरेका थिए । कार्यशालाले विद्यालयको सुधारा सघाउ पुग्ने उनको विश्वास छ ।
शिक्षक महासंघ पर्सागढीका अध्यक्ष रामबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यशालामा मनोज वर्णवालले विद्यालय सुधार योजना निर्माण सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न समूहमा विभाजन गरी समूहगत कार्य गराउँदै विद्यालय सुधारका योजना निर्माण बारे जानकारी गराएका थिए ।
कार्यशालामा पर्सागढी नगरपालिकाका ८ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण युवालयका पर्सा संयोजक राहुल साहले गरेका थिए ।






