पहिरोले भैँसे-भीमफेदी सडक खण्ड अवरुद्ध

पहिरोले भैँसे-भीमफेदी सडक खण्ड अवरुद्ध

हेटौँडा —हेटौंडाबाट काठमाण्डौ प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक सडक मार्गको भैँसै-भीमफेदी सडक खण्डको भीमफेदी गाउँपालिका-४ तानसेन पहिरोका कारण अवरुद्ध भएको छ  ।

शुक्रबार अपरान्ह परेको वर्षाले पहिरो गएर सडक अवरुद्ध भएको हो । अपरान्ह साढे ७ बजेदेखि पहिरोको कारणले सडक अवरुद्ध भएको छ ।

छोटो दुरी भएर हेटौंडा-काठमाडौं आवत जावत गर्ने सवारी साधनहरु पहिरोको कारणले जाममा परेका छन् । राति भएपनि पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

यसैगरी बाग्मती गाउँपालिका-१ गोठ खोलास्थित भित्री सडकमा पर्ने गुहेखोलामा आएको बाढीले हेटौंडाबाट राइगाउँतर्फ जाँदै गरेको ना ४ च ९४०९ नम्वरको पिकअप बोलेरोलाई बगाएको छ । बोलेरोमा रहेका किराना सामानहरु बाढीले बगाएको र चालक गणेश लामासहित २ जना सकुसल रहेको प्रहरीले जनाएको छ । स्रोत : कान्तिपुर

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।