दुर्गा पुजा सेवा समिति श्रीपुरले असोज ५ गते रक्तदान कार्यक्रम गर्ने, सहभागी हुन आग्रह

वीरगंज । श्री दुर्गा पुजा सेवा समिति श्रीपुरले आउदो असोज ५ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ११ स्थित श्री बाबा भुनेश्वरनाथ महादेव तथा श्रीपुर श्रीराम जानकी मन्दिर परिसरमा हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभ उपलक्षयमा सो रक्तदान कार्यक्रमको आयोजना हुने भएको जनाइएको छ ।
पर्सामा दिन प्रतिदिन रक्तदान गर्नेहरुको संख्यामा कमी हुदाँ रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुने भएकोले त्यसलाई मध्यनजर गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक श्री दुर्गा पुजा सेवा समिति श्रीपुरका अध्यक्ष दिपेन्द्र महतो धानुकले बताए ।
असोज ५ गते शनिवारको दिन तिनपेडिया चौक पुरानो धर्मशाला नजिक विहान ७ बजे देखि २ सम्म रक्तदान कार्यक्रमको आयोजना गरिएकोे आयोजक समितिका सचिव जेशी कुमार महतो धानुकले बताए ।
रक्तदान पुण्यको काम भएकोले सो कार्यक्रमा सहभागी हुने रक्तदाताहरुका प्रमाण–पत्र र कार्यक्रममा सहयोग गर्ने क्लब वा संघ संस्थाहरुलाई प्रशंसापत्र सहित सम्मान गरिने सचिव धानुकले बताए ।
सो कार्यक्रममा सहभागी हुने इच्छुक रक्तदाताहरुलाई आयोजक समितिका सचिवको मो नं. ९८०७१८२४५५ मा सम्र्पक गरि नाम लेखाउन समितिले आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।