सहायक लेखापाल राम प्रवेश यादवले आफ्नो पदको दुरुपयोग गर्दै

सहायक लेखापाल राम प्रवेश यादवले आफ्नो पदको दुरुपयोग गर्दै

जनकपुर १० असोज

जनकपुरधाममा मधेश प्रदेश लोक सेवा आयोगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्ने घटना बाहिरिएको छ। सार्वजनिक सूचनामा सहायक लेखापाल राम प्रवेश यादवले आफ्नै पदको दुरुपयोग गर्दै आफ्नी श्रीमती र भाउजुलाई लोकसेवा आयोगको परीक्षामा सफल गराउन भूमिका खेलेको आरोप लागेको छ। यो घटनाले लोकसेवा आयोगमा कार्यरत अन्य कर्मचारीहरू कत्तिको संलग्न रहे होलान् भन्ने कुरा गम्भीर छानबिनको विषय बन्नु पर्ने देखिएको छ।

यस प्रकारका घटनाले हजारौँ विद्यार्थीहरू, जसले निष्पक्ष प्रणालीमा विश्वास गरेर वर्षौंको कडा परिश्रम गरेका छन्, तिनीहरूको भविष्यसँग खेलवाड भएको छ। यो केवल एउटा परिवारको नियुक्तिको प्रश्न मात्र होइन, सम्पूर्ण प्रणालीमाथिको धक्का हो।

लोकसेवा आयोगको विश्वसनीयतामा विश्वास गरेर कडा मिहिनेत गरिरहेका विद्यार्थीहरूले अब के विश्वास गर्ने? यसले गर्दा आयोगको गरिमा र लोकसेवाप्रतिको जनताको विश्वास गुम्ने खतरा बढेको छ।

यस किसिमको अनियमितता र पदको दुरुपयोग तत्काल रोक्नुपर्छ र दोषीहरूलाई कानुनी कारबाही गर्न जरुरी छ। सबैले मिलेर यस विषयमा आवाज उठाउन आवश्यक छ ताकि भविष्यमा यस प्रकारको भ्रष्टाचारले हाम्रो भविष्यलाई ध्वस्त बनाउन नपाओस्।

यो घटना नेपालभरि भाइरल भएर जिम्मेवार निकायले छिट्टै कदम चाल्न प्रेरित होस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।