पर्साको पोखरीयामा राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज चौथो दिन पनि धर्ना
पर्साको पोखरीयामा राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज चौथो दिन पनि धर्ना

वीरगञ्ज १६ असोज
राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज चौथो दिन पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पोखरीयमा अनिश्चतकालिन धर्ना कार्यक्रम शुरु भएको हो ।
मदेश प्रदेश सरकारका मुख्यमन्त्री अथवा संघीय सरकारका मन्त्री नआएसम्म अनिश्चित कालिन धर्ना कार्यक्रम जारी रहने नेता समानीले बताए ।
उनले भने , तीन तहका सरकार विरूद्ध अनिश्चित कालिन धर्ना कार्यक्रम जारी रहने छ पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक पटक ध्यानाकर्षण गराउदा पनि मांग पुरा नभएको भन्दै बाध्य भएर सरकार विरूद्ध संघर्षको कार्यक्रम तय गरिएको नेता समानीले बताएका छन ।
उनले प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउन संघिय सरकार बिरुद्ध, पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउन मधेश प्रदेश सरकार बिरुद्ध आन्दोलनमा उत्रिएको नेता समानीले जानकारी दिए ।
उनले पोखरिया नगरपालिकाले जनता माथी अनावश्यक कर लगाएर सेवा विस्तार नगरी समेत हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको आरोप लगाएका छन । उनले काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब नदिएको, निर्माण कार्य गराउने तर भुक्तानी नदिने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा रकम बिनयोजन नगरी माटो ग्रेभल मरम्मतको काम अग्रिम बजेटबाट गर्न लगाएको बिभिन्न आरोप समेत लगाएका थिए ।
नेता समानीले मांग पुरा नभए सम्म आफुहरु अनिश्चित काल धर्ना बस्ने चेतावनी दिएका छन । धर्ना असोज १३ गते देखि शुरु भएको थियो ।






